
इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेको दोस्रो हप्ता पुगेको दिन शनिबार संयुक्त राष्ट्र संघको मानवअधिकार समिति बैठक बस्यो । जहाँ इजरायल र प्यालेस्टाइनका प्रतिनिधिले आ–आफ्नो मुलुकले भोगिरहेको युद्धको पीडा सुनाए ।
मानवअधिकार समिति बैठकको सुरुआतमा यूएनका लागि इजरायली प्रतिनिधि कार्मेलीले आफ्नो मुलुकमाथि प्यालेस्टाइनी चरमपन्थि संगठन हमासले गरेको हमला र त्यसविरुद्ध संघर्ष गरिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग मद्दत मागिन् ।
के भनिन्, प्यालेस्टाइनी प्रतिनिधि सलेमले ?
प्यालेस्टाइनी प्रतिनिधि सहर सलेम भने निकै भावुक मुद्रामा प्रस्तुत भइन् । ‘सारा दुनियाँले देखिरहेको छ, पछिल्लो ११ दिनदेखि गाजापट्टीमा प्यालेस्टाइनी नागरिकमाथि इजरायलले कसरी तवहा मच्चाइरहेको छ’, आफ्नो विषय राख्दै गर्दा भावुक बनेकी सलेमले भनिन्, ‘इजरायलले ३००० मानिसको हत्या गरिसक्यो । जसमा १००० भन्दा बढी बच्चाहरू छन् ।’
यद्यपि, शनिबार प्यालेस्टाइनी सरकारले सार्वजनिक गरेको विवरणअनुसार मृतकको संख्या ४३ सयभन्दा बढी नाघिसकेको छ ।
‘इजरायलले गाजामा एउटा पनि परिवारलाई छाडेको छैन । जसलाई सक्यो मारिदिएको छ । जसलाई मार्न सकेन उनीहरूलाई घाइते बनाएको छ ।
जसलाई घाइते पनि बनाउन सकेको छैन उनीहरूलाई घर छाडेर विस्थापित हुन बाध्य पारिरहेको छ’, समलेमले भनिन्, ‘त्यसरी विसथपित हुन बाध्य भएकाहरू जब अल अहली अस्पतालमा सुरक्षित सेल्टर लिइरहेका छन् भन्ने थाहा भयो त्यहाँ पनि इजरायलले नरसंहार मच्चाएको छ ।’
यति भन्दै गर्दा थप भावुक बनेकी प्यालेस्टाइनी प्रतिनिधिले प्रश्न राखिन्, ‘के यो गरेर इजरायलले आफूलाई थप सुरक्षित महसुस् गरिरहेको हो ? के इजरायललाई बिना शर्त समर्थन पाउनका लागि यति मृत्युले पुगेको छैन ?’
उनले अगाडि भनिन्, ‘यो (अस्पतालमा हममला) त्यतिबेला भयो जतिबेला इजरायलले गाजा क्षेत्र खाली गर्नका लागि आदेश दियो र हजारौँ मानिसहरू शरण लिनका लागि सुरक्षित स्थानको खोजीमा थिए । तर उनीहरू कतै सुरक्षित स्थान पाउन सकेका थिएनन् ।’







