वासिङ्टनले यसै साता हुने निर्वाचनपछि ताइवानमा एक प्रतिनिधिमण्डल पठाउने बताएपछि चीनले स्वशासित ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीन–अमेरिका सम्बन्धमा गम्भीर क्षति नपुगोस् भनेर वासिङ्टनले ताइवान क्षेत्रको चुनावमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न आग्रह गरिन्।

वासिङ्टनले स्वशासित टापूमा महत्वपूर्ण निर्वाचनपछि ताइवानमा ‘अनौपचारिक’ प्रतिनिधिमण्डल पठाउने घोषणा गरेपछि उनले भनिन्, ‘चीनले अमेरिका र ताइवानबीच कुनै पनि प्रकारको आधिकारिक आदानप्रदानको कडा विरोध गर्दछ’, उनले भने, ‘ताइवान चीनको अविभाज्य अङ्ग हो।’

माओले बेइजिङसँग चुनावलाई लिएर तनाव नबढाउन अमेरिकाले दिएको चेतावनीको पनि विरोध गरेकी छन्।

‘ताइवान क्षेत्रको निर्वाचनलाई लिएर अमेरिकी पक्षले गरेको अनावश्यक तामझामप्रति चीन कडा असन्तुष्टि र विरोध जनाउँछ’, उनले भनिन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार