इरानको मिसाइल आक्रमणबाट देखिएको दृश्य

इजरायलले हवाई रक्षा प्रणालीको ठूलो अभावको सामना गरिरहेको छ । यो अभाव इरानको क्षेप्यास्त्र आक्रमणको बीचबाट आएको हो । एक रिपोर्टअनुसार इजरायलसँग अब केवल १० देखि १२ दिनको हवाई रक्षा प्रणालीको भण्डार मात्र बाँकी छ ।

इरानमाथि सफल सैन्य आक्रमण गरेको दाबी गर्ने इजरायल आफैं ठूलो समस्यामा परेको छ । एक रिपोर्टकाअनुसार इजरायलले आफ्नो लामो दूरीको मिसाइल इन्टरसेप्टरको आपूर्ति द्रुत गतिमा घटाइरहेको छ । यसले इजरायलको हवाई रक्षाको बारेमा चिन्ता बढाएको छ ।

यसको मुख्य कारण यो हो कि इजरायलले हालैका दिनहरूमा इरानबाट धेरै हवाई आक्रमणहरूको सामना गरेको छ । यी आक्रमणहरूबाट इजरायलमा ठूलो जनधनको क्षति भएको छ । यस्तो अवस्थामा हवाई रक्षा प्रणालीको अभावका कारण इजरायलको सुरक्षामा ठूलो चिन्ता बढेको छ ।

इरानको मिसाइल आक्रमणबाट देखिएको दृश्य

खतरामा इजरायलको हवाई सुरक्षा

अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलले इजरायलको हवाई रक्षा प्रणालीको अभावको बारेमा रिपोर्ट प्रकाशित गरेको छ । एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यस रिपोर्टमा इजरायलको हवाई सुरक्षामाथि गम्भीर प्रश्न उठाइएको छ ।

यो रिपोर्ट यस्तो समयमा आएको छ, जब इजरायल र इरानले एकअर्कालाई निरन्तर मिसाइल आक्रमण गरिरहेका छन् । गत शुक्रबार इजरायलले इरानविरुद्ध अपरेशन राइजिङ लायन सुरु गर्यो । त्यसबेलादेखि, इरानी सेनाले इजरायलमा लगभग ४०० ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । यी मिसाइलहरू इजरायल पुग्न सक्ने अनुमानित २ हजार इरानी हतियारको थोरैं अंश मात्र हुन् ।

इरानको मिसाइल आक्रमणबाट इजरायलको राजधानीका भवनहरु क्षतिग्रस्त दृश्य

इरानसँग अझै छन् एक हजार बढी मिसाइलहरू

इजरायली अधिकारीहरूले वाल स्ट्रिट जर्नललाई बताएअनुसार इजरायलको आक्रमणले इरानको एक तिहाइ मिसाइल लन्चरहरू नष्ट गरेको छ । उनीहरुको दाबी छ कि इजरायली सेनाले इरानी आकाशमाथि हवाई श्रेष्ठता हासिल गरेका छन् । तैपनि गुप्तचर स्रोतहरूले दिएको जानकारीअनुसार इरानको आधाभन्दा बढी मिसाइल अझैं बाँकी छ, जसको केही भाग सम्भवतः भूमिगत सुरुङहरूमा राखिएका छन् ।

इजरायली इन्टरसेप्टरहरूको लागतले बढाएको समस्या

इजरायलको बहुस्तरीय वायु रक्षामा आइरन डोम, डेभिडको स्लिङ, एरो प्रणाली र अमेरिकाले आपूर्ति गरेको प्याट्रियट्स र थाड ब्याट्रीहरू समावेश छन् । यद्यपि तिनीहरूलाई निरन्तर अवरोध गर्न सक्षम राख्ने लागतले गम्भीर चिन्ताको विषय बन्दै गइरहेको छ । इजरायली वित्तीय दैनिक द मार्करले अनुमान गरेको छ कि रात्रीकालीन मिसाइल रक्षा सञ्चालनमा झण्डैं ३८५ मिलियन डलर खर्च हुन्छ । एरो प्रणालीले मात्र ३ मिलियन डलर मूल्यका इन्टरसेप्टरहरू फायर गर्छ ।

इजरायलसँग मात्र १० देखि १२ दिनको स्टक

इरानले लगभग हरेक दिन ब्यालिस्टिक क्षेप्यास्त्रले इजरायलमाथि आक्रमण गरिरहेको छ । यसका कारण इजरायली वायु रक्षा प्रणालीहरू गम्भीर दबाबमा छन् । यसैबीच वाल स्ट्रिट जर्नलले अमेरिकी र इजरायली गुप्तचरसँग परिचित एक स्रोतलाई उद्धृत गर्दै भनेको छ कि अमेरिकाको छिटोभन्दा छिटो आपूर्ति वा प्रत्यक्ष हस्तक्षेपबिना इजरायलले आफ्नो वायु रक्षा प्रणालीलाई केवल १० वा १२ दिनको लागि कायम राख्न सक्षम हुनेछ । स्रोतले भन्यो कि इजरायलको वायु रक्षा प्रणाली पहिले देखिनै दबाबमा छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार