
विश्वको सबैभन्दा धनी शहर न्यूयोर्क सिटीमा मेयरका लागि आगामी नोभेम्बरमा निर्वाचन हुँदैंछ । सो मेयरका लागि हालैं केही समयअघि डेमोक्रेटिक पार्टीको मनोनयन चुनावले आश्चर्यजनक नतिजा ल्यायो । भारतीय मुलका जोहरान ममदानीले भारी मतका साथ ठूला पुँजीपतिपोषित कुओमोलाई पराजित गरे । यसले यस्तो सन्देश दिएको छकि जनताको समर्थन शक्ति नैं पैसाको शक्ति भन्दा धेरै ठूलो हुन सक्छ ।
न्यूयोर्कको मेयर चुनावका लागि डेमोक्रेटिक पार्टीको प्रारम्भिक चुनावमा भारतीय मूलका जोहरान ममदानीले आफ्ना निकटतम प्रतिद्वन्द्वी एन्ड्रयू कुओमोलाई पराजित गर्नु नैं उनको आश्चर्यजनक र महत्वपूर्ण विजय थियो । ममदानीले ठूलो पैसाको शक्तिबाट चुनाव लडेका उम्मेदवारहरूलाई पराजित गरे । चुनावका लागि ममदानीका अर्का उम्मेदबार एन्ड्रयू कुओमाले ४३५.१ मिलियन डलर रकम उठाए पनि न्यूयोर्कको मेयर चुनावका लागि डेमोक्रेटिक मनोनयनमा पराजित भए ।
ममदानीका पराजित उम्मेदवार एन्ड्रयू कुओमोले यस चुनावी अभियानका लागि कुल ४३५.६ मिलियन (करिब २९६ करोड रुपैयाँ) उठाएका थिए । यो रकमको धेरैजसो एलाइड सुपर मनी (ठूला स्तरका निजी समर्थन) बाट आएको थियो । यसको तुलनामा जोहरान ममदानीले मात्र ४९.१ मिलियन –करिब ७५ करोड रुपैयाँ) मा उठाए, जुन कुओमोको रकमको एक चौथाई मात्र हो ।
एकातिर सीमित स्रोतसाधन, अर्कोतिर अथाह सम्पत्ति
सीमित स्रोतसाधनका बाबजुद पनि ममदानीले कुओमोजस्ता धनी समुदाय र अनुभवी उम्मेदबारलाई पराजित गरे । उनको रणनीति स्पष्ट थियो– समुदायमा आधारित प्रचारप्रसार, तल्लो तहको संलग्नता र युवा तथा अल्पसंख्यकहरूको आवाज बन्नु । यस चुनावमा अन्य प्रमुख उम्मेदवारहरूले पनि चुनावी अभियानका लागि धेरै रकम जुटाएका थिए । ब्राड ल्यान्डरले ७.५ मिलियन डलर, स्कट स्ट्रिङगरले ५.१ मिलियन डलर, एरिक एडम्सले ४.८ मिलियन डलर, जेलनोर मेयरले ४.५ मिलियन डलर र एड्रिएन एडम्सले २.८ मिलियन डलर जुटाएका थिए ।
प्राथमिक चुनावमा जोहरान ममदानीको विजयले अमेरिकी राजनीतिमा नयाँ संकेत दिन्छ कि अब पैसाको शक्ति मात्र होइन, जनताको शक्ति पनि निर्णायक साबित हुन सक्छ । यो चुनावले यो पनि प्रमाणित ग¥यो कि सुपर पावर र विशाल बजेटको चमक धमक अब विजयको ग्यारेन्टी होइन । मानिसहरू अब परिवर्तन चाहन्छन् र ममदानीजस्ता नेताहरू त्यो परिवर्तनको आशा बन्दैछन् ।

पुँजीपतिहरू चाहन्छन् ममदानीलाई रोक्न
न्यूयोर्क शहरको मेयर पदका लागि डेमोक्रेटिक प्राइमरीमा जोहरान ममदानीले एन्ड्रयू कुओमोलाई पराजित गरे । यो जित वास्तवमा लोकतान्त्रिक समाजवादी विचारधाराको विजय हो । यद्यपि अब उनको अगाडि अझै धेरै चुनौतीहरू छन् । ममदानीले चुनावी अभियानको क्रममा जनतासँग सम्पर्कमा रहनुपर्नेछ । कर्पोरेट (निगम)हरू, ठूला सम्पत्तिका मालिकहरू र दाताहरू उनलाई मेयर बन्नबाट रोक्न चाहन्छन् ।
तर ममदानीलाई मेयर पदमा पु¥याउन दबाब दिइरहेका प्रभावशाली व्यक्तिहरूले ममदानीका समर्थकहरूलाई प्रचारको गति कायम राख्न प्रोत्साहित गरिरहेका छन् । उनीहरूले मानिसहरूलाई ममदानीलाई समर्थन गर्न आग्रह गरिरहेका छन् । उनीहरू भनिरहेका छन् कि प्रत्येक व्यक्तिले आफ्नो क्षमता अनुसार योगदान गर्नुपर्छ । चाहे त्यो पाँच डलरको दान होस् वा एक घण्टाको फोन बैंकिङ । उनीहरू भनिरहेका छन् कि हामीले ती व्यक्तिहरूबाट होसियार हुनुपर्छ जसले पहिले एन्ड्रयू कुओमोलाई समर्थन गरेका थिए र अब उनीहरु जोहरानकहाँ आउनु पर्दछ ।
डोनाल्ड ट्रम्प र बिल एकम्यानजस्ता अर्बपतिहरू ममदानीको जितबाट डराएका छन् । एकम्यानले आम चुनावमा ममदानीलाई चुनौती दिन सक्ने कुनै पनि ‘सुपरहिरो’ उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका छन् । कुओमोले स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लड्ने वा के गर्ने भन्नेबारे निर्णय गरेका छैनन् । एरिक एडम्स पनि स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लडिरहेका छन् । प्राथमिक चुनावको नतिजाले न्यूयोर्क शहरको राजनीतिमा के सम्भव छ भन्ने तस्वीर परिवर्तन गरेको छ ।
ममदानीले बहु–जातीय गठबन्धन निर्माण गरेका छन् । उनले सार्वजनिक सामान र किफायती आवासको सन्देशसहित चुनाव जितेका थिए । ममदानीले इस्लामविरोधी धम्की र झूटा आरोपहरूको पनि सामना गरे । यहूदी समुदायका मानिसहरूले पनि ममदानीलाई समर्थन गरे । उनीहरू विश्वास गर्छन् कि ममदानी सबै मानिसहरूको अधिकारका लागि लड्नेछन् । जोहरान ममदानीको विजय एक महत्वपूर्ण घटना हो । यसले चुनावमा प्रगतिशील मूल्यहरू जित्न सकिन्छ भन्ने देखाउँछ । अब सबैको नजर आम चुनावमा छ ।

नोभेम्बरमा के हुनेछ ?
न्युयोर्क शहरको आम चुनाव नोभेम्बर २०२५ मा हुनेछ । यसमा सबै प्रमुख दलका उम्मेदवारहरूले प्रतिस्पर्धा गर्नेछन् । वर्तमान मेयर एरिक एडम्स पनि स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लडिरहेका छन् र एन्ड्रयू कुओमोले तेस्रो पक्ष वा स्वतन्त्रको रूपमा पनि चुनाव लड्न सक्ने सम्भावना छ ।
ममदानी एक प्रगतिशील प्रजातान्त्रिक समाजवादी उम्मेदवार हुन् । उनले परम्परागत पार्टी स्थापनालाई चुनौती दिए । उनको समर्थन दक्षिण एसियाली, आप्रवासी र श्रमिक वर्ग समुदायबाट आएको थियो । उनी यस स्तरको दौडमा यति ठूलो समर्थन प्राप्त गर्ने अमेरिकामा पहिलो दक्षिण एसियाली मुस्लिम उम्मेदवार हुन् ।
ममदानी को हुन् र के चाहन्छन् ?
जोहरान ममदानी भारतमा जन्मेका युगान्डाका बुद्धिजीवी महमूद ममदानी र भारतीय फिल्म निर्माता मीरा नायरका छोरा हुन् । जोहरान युगान्डाको राजधानी कम्पालामा जन्मेका र हुर्केका थिए र सात वर्षको उमेरमा आफ्ना आमाबाबुसँग न्यूयोर्क सरे । उनी सन् २०१८ मा अमेरिकी नागरिक बने र त्यही वर्ष सिरियाली कलाकार रामा दुबाजीसँग विवाह गरे ।
इन्डियन एक्सप्रेसका अनुसार उनले मेनको बोडोइन कलेजबाट अफ्रिकाना अध्ययनमा स्नातक डिग्री हासिल गरेका छन् । राजनीतिमा सामेल हुनुअघि उनले कम आय भएका घरधनीहरूलाई बेदखल हुनबाट जोगाउन सल्लाहकारको रूपमा काम गरे । न्यूयोर्क एसेम्बलीका लागि उनको आधिकारिक प्रोफाइलअनुसार उनले केही समय ¥यापिङ र लेखनमा पनि बिताए । त्यसपछि सन् २०२० मा विधानसभा चुनाव जितेर राजनीतिमा प्रवेश गरे ।
उनी हाल न्यूयोर्क स्टेट एसेम्बलीका सदस्य हुन् र मुस्लिम डेमोक्रेटिक क्लब अफ न्यूयोर्कसँग सम्बन्धित छन् । ममदानी आफूलाई प्रजातान्त्रिक समाजवादी भन्छन् र उनको राजनीति कामदार वर्ग, आप्रवासी समुदाय र विपन्न वर्गमा केन्द्रित छ ।
उनको नीतिमा भाडा र राशनजस्ता दैनिक आवश्यकताहरूको मूल्य सीमित गर्नु समावेश छ, विशेष गरी न्यूयोर्कजस्तो महँगो शहरमा । उनले भनेका छन् कि उनी न्यूयोर्कका सबैभन्दा धनी एक प्रतिशत मानिसहरू छन्, जसले वार्षिक १० लाख डलर (लगभग १० करोड) भन्दा बढी कमाउनेहरुमाथि २ प्रतिशत प्रत्यक्ष कर लगाइनेछ । यसबाट अर्थतन्त्रमा ठूलो रकम जम्मा हुनेछ ।
बर्नी स्यान्डर्स र अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजजस्ता अन्य प्रमुख लोकतान्त्रिक समाजवादी नेताहरूले पनि उनलाई समर्थन गरेका छन् । ममदानीलाई उनको विजयमा बधाई दिँदै बर्नी स्यान्डर्सले एक्समा लेखेका छन्– ‘जोहरान ममदानी र उनका हजारौं तल्लो तहका समर्थकहरूलाई उनीहरूको असाधारण चुनावी अभियानका लागि बधाई छ । तिमीले राजनीतिक, आर्थिक र मिडियाको सत्ताधारी तन्त्रलाई सिधा टक्कर दिएर पराजित गर्यौ । अब आम चुनाव जित्ने समय आएको छ ।’

चुनावी वाचा र घोषणापत्र
ममदानीले आफ्नो चुनावी अभियानमा धेरै जनकल्याणकारी नीतिहरूलाई प्राथमिकता दिएका छन् ः
– न्युयोर्क सिटीमा रहेका अपार्टमेन्टको भाडादर स्थिर राख्ने ।
– सार्वजनिक बस सेवा निःशुल्क बनाउने ।
– सरकारी स्वामित्वमा रहेका पसलहरूबाट सस्तो रासन उपलब्ध गराउने ।
– निःशुल्क बाल हेरचाह सेवाहरू ।
– जातीय न्याय र आप्रवासन अधिकारमा स्पष्ट अडान ।
उनको टोलीका अनुसार लगभग ४० हजार स्वयंसेवकहरू उनको अभियानसँग जोडिएका थिए र उनले न्यूयोर्कका श्रमिक वर्ग, आप्रवासी, यहूदी, मुस्लिम र दक्षिण एसियाली समुदायहरूलाई ठूलो मात्रामा संगठित गरे ।
धेरैं छन् ममदानीका चुनौतीहरू
न्युयोर्क शहरको मेयर पदका लागि डेमोक्र्याटिक प्राइमरीमा पूर्व गभर्नर एन्ड्रयू क्युमोलाई पराजित गरेर लोकतान्त्रिक समाजवादी जोहरान ममदानीले सबैलाई चकित पारे । तर, शहर र देशका प्रगतिशील मानिसहरूलाई यो लागेको छ कि अर्बपति मान्छे र अर्बपतिका पार्टी नेताहरूले सजिलै हार मान्ने छैनन् । यी तिनै मानिसहरू हुन् जसले ममदानीविरुद्ध मोर्चा खोलेका थिए ।
ममदानीको विचारधारामा विश्वास गर्ने मानिसहरूले उनलाई र उनका समर्थकहरूलाई यो आन्दोलनको गति कायम राख्न प्रोत्साहित गरिरहेका छन् ।







