अमेरिकामा हालैं गरिएको एक मत सर्वेक्षणले अमेरिकी जेन जी पुस्ताका युवाहरु समाजवाद र साम्यवादप्रति आकर्षित भएको देखाएको छ ।

अमेरिकाको वाशिनटनस्थित रहेको ‘क्याटो इन्स्टिच्युट’ले गरेको सर्वेक्षणमा ३० वर्ष मुनिका ६२ प्रतिशत अमेरिकी युवाहरूले समाजवादप्रति आफुहरु सकारात्मक भएको धारणा राखेका छन् ।

त्यसैगरी ३४ प्रतिशत युवाहरुले साम्यवादको बारेमा पनि सकारात्मक धारणा व्यक्त गरेको क्याटो इन्स्टिच्युटले उल्लेख गरेको छ ।

यसबारे एक थिंक ट्यांकले आफ्नो भनाई सार्वजनिक गर्दै भनेको छ्– ‘योंग अमेरिकन्स लाइक सोशलिज्म टु मच’ अर्थात् ‘युवा अमेरिकीहरु समाजवादप्रति निकैं मन पराउछन्’ ।

मार्च २०२५ मा गरेको एक् सर्वेक्षणमा क्याटो/युगोब नामक दुई संस्थाले १८ वर्ष र सोभन्दा माथिका २ हजार अमेरिकीहरूसँग एक मोडलको रुपमा अमेरिकी वित्तीय नीतिको बारेमा प्रश्नहरू सोधेका थिए । जसमा निम्न प्रश्नहरू समावेश थिए : ’समाजवादको बारेमा तिम्रो दृष्टिकोण अनुकूल छ कि प्रतिकूल?’ र ’अनि साम्यवादको बारेमा तिम्रो दृष्टिकोण अनुकूल छ कि प्रतिकूल ?’

ती प्रश्नहरुको जिज्ञासामा कुल ४३ प्रतिशत अमेरिकीहरुले समाजवादको बारेमा आफ्नो दृष्टिकोण ‘अनुकूल’ भएको बताए । त्यसैगरी १८–२९ वर्ष उमेर समूहका ६२ प्रतिशत युवाहरुले समाजवादप्रति सकारात्मक भएको बताए । अनि साम्यवादको पक्षमा १४ प्रतिशतले आफ्नो दृष्टिकोण अनुकूल भएको बताए । यद्यपि, १८–२९ उमेर समूहका ३४ प्रतिशतले साम्यवादप्रति अनुकूल रहेको धारणा राखेका छन् । त्यो लगभग १ करोड ८० लाख मानिसहरूको संख्या हो ।

निष्कर्षहरूले यो देखाएको छकि १८–२९ वर्ष उमेर समूहका अनुमानित ५ करोड २० लाख अमेरिकीहरू रहेका छन् । त्यसैगरी ३४ प्रतिशत अर्थात् १ करोड ७६ लाख अमेरिकीहरु, अनि ६२ प्रतिशत लगभग अर्थात् ३ करोड २० लाख मानिसहरू समाजवाद र साम्यवादप्रति सकारात्मक रहेको देखाएको छ ।

‘क्याटो’ नामको अमेरिकी इन्स्टिच्युटले यो भनेको छ कि ती स्वघोषित समाजवादी र कम्युनिस्ट युवाहरूले यी शब्दहरूको अर्थ पूर्ण रूपमा नबुझेका हुन सक्छन् । तर तिनीहरूलाई एकताबद्ध गर्ने कुरा भनेको ‘पुँजीवादप्रति घृणा’ हो ।

हालैं अमेरिकामा ‘द रेभुलेसनरी कम्युनिस्ट अफ अमेरिका’ स्थापना भएको छ । त्यसले यो सर्वेक्षणलाई जोडदार समर्थन गर्दै भनेको छ, ‘हामी अमेरिकाका क्रान्तिकारी कम्युनिस्टहरूमा यस सर्वेक्षणको नतिजालाई प्रमाणित गर्न सक्छौं’ ।

हालैका वर्षहरूमा लाखौं युवाहरू वामपन्थी विचारधारातर्फ धेरै आकर्षित भएका छन् । सो पार्टीले धेरै अमेरिकीहरूलाई भेट्दा आफ्नो जीवनको हरेक पक्षमा पूँजीवादको विनाशकारी प्रभाव विस्तार भएको निश्कर्ष निकालेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार