अमेरिकी राष्ट्रपति Donald Trump ले ३२ राष्ट्र मिलेर बनेको NATO लाई ‘डरपोक’ र ‘कागजी बाघ’ भन्दै कडा टिप्पणी गरेका छन्। पछिल्लो समय इरानसँगको तनाव चर्किरहेका बेला को यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय राजनीति थप तातिएको छ।

ट्रम्पका अनुसार अमेरिका इरानसँग प्रत्यक्ष टकरावको स्थितिमा रहँदा NATO सदस्य राष्ट्रहरू भने तेलको मूल्य बढेको भन्दै मात्र चिन्ता व्यक्त गरेर बसिरहेका छन्। उनले ती देशहरूले वास्तविक संकटमा ठोस कदम चाल्न नसकेको आरोप लगाएका छन्।

विशेषगरी Strait of Hormuz जस्तो महत्वपूर्ण समुद्री मार्गको सुरक्षाको विषयमा ट्रम्पले NATO को भूमिकामाथि प्रश्न उठाएका छन्। उनले हर्मुज खुला राख्न सहयोग गर्न आग्रह गर्दा पनि सदस्य राष्ट्रहरू पछि हट्ने गरेको गुनासो गरेका छन्।

ट्रम्पले NATO देशहरूलाई केवल कागजी प्रतिबद्धतामा सीमित रहेको आरोप लगाउँदै वास्तविक युद्ध वा संकटको अवस्थामा साथ नदिने संकेत गरेका छन्। उनका अनुसार यस्तो व्यवहारले गठबन्धनको विश्वसनीयता कमजोर बनाउँदै लगेको छ।

यस अभिव्यक्तिले अमेरिका र NATO बीचको सम्बन्धमा थप दरार ल्याउने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार ट्रम्पको यस्तो कडा धारणा आगामी दिनमा पश्चिमी गठबन्धनको एकता र रणनीतिमा गम्भीर प्रभाव पार्न सक्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार