अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार बेच्ने देशहरूलाई ५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएका छन्।

सामाजिक सञ्जालमा अमेरिका र इरान दीर्घकालीन शान्ति सम्झौतातर्फ अघि बढ्न सक्ने संकेत दिने टिप्पणी गरे पनि, उनले तेहरानका सहयोगी र साझेदार देशहरूलाई कडा चेतावनी दिएका छन्।

डोनाल्ड ट्रम्प ले ट्रुथ सोसलमा लेखेका छन्, “इरानलाई सैन्य हतियार आपूर्ति गर्ने कुनै पनि देशलाई तुरुन्तै ५० प्रतिशत भन्सार शुल्क लगाइनेछ, र त्यो संयुक्त राज्य अमेरिकामा बेचिने सबै सामानमा लागू हुनेछ। यो निर्णय तत्काल प्रभावबाट लागू हुनेछ।”उनले थपे, “कुनै पनि अपवाद वा छुट हुने छैन!”

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार