उत्तरी आन्ध्र महासागरमा  बिहीबारदेखि उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हैटीमा विध्वंश मच्चाएपछि आँधी बहामाज र संयुक्त राज्य अमेरिकातर्फ बढिरहेको छ ।

म्याथ्यु आँधीले हैटीमा सबैजसो भू–भाग तहसनहस पारेको र आँधीमा परी तीनभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको भएको बताइएको छ ।

हैटीमा बिगतका केही वर्षदेखि सबभन्दा कडा म्याथ्यु आँधीले उत्पन्न गरेको बाढीका कारण सहर र बस्ती बगाउने, खानेपानी, टेलिफोन, विद्युत् आपूर्ति अवरुद्ध पार्ने गरेको छ ।

आँधीको बेग दुईसय तीस किलोमिटर प्रतिघन्टासम्म मापन गरिएको छ । गत मङ्गलबार अकस्मात् क्यारेबियन क्षेत्रमा आएको सो आँधीका कारण यसक्षेत्रमा दर्जनाँै मानिस बेपत्ता भएका छन् ।

हैटीको पनि आँधीबाट अति प्रभावित दक्षिणी क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयको हताहती भएको र लाखौँ मानिस विस्थापित भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार