अमेरिकाले येमनमा निम्ताएको द्धन्द्धका कारण लाखौं जनता खाद्य संकट भोग्न विवश भएका छन् । अनि त्यसैका कारण हजारौं जनता भोकभोकै बस्न बाध्य भएका छन् ।

सीएनएनमा शुक्रबार प्रकाशित समाचारका अनुसार सन् २०१५ को आरम्भमा सरकारी र विद्रोही पक्षबीच चलेको द्धन्द्धका कारण येमनमा यस्तो खाद्य संकट निम्तिएको हो ।

us-p1

अमेरिकाको सहयोग र समर्थनमा बनेको वर्तमान सरकारले अल्पसंख्यक शिया समर्थित हुती समुदायका जनतामाथि अन्याय गरेपछि हुतीहरुले येमन सरकारका विरुद्ध सशस्त्र युद्ध थालेका हुन् ।

त्यही युद्धका कारण २ करोड ४० लाख जनसंख्या भएको येमन यतिबेला दशौं लाख जनता खाद्य संकट भोग्न बाध्य छन् ।

अहिलेको जारी येमनको द्धन्द्धमा राज्य पक्षलाई अमेरिका र शाउदी अरबले प्रत्यक्ष सहयोग र समर्थन गरेको छ भने विद्रोही पक्षलाई इरानले सहयोग गरेको सीएनएनले समाचार लेखेको छ ।

usp2

usp3

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार