दक्षिण कोरियामा राष्ट्रपति पार्क जेयुन ही भ्रष्टचारको मुद्धामा फसेपछि दशौं हजार नागरिक सडकमा उत्रेका छन् ।

केही दिनदेखि राजधानी सोलमा दशौं हजार कोरियाली नागरिक राष्ट्रपति पार्कको राजिनामा माग गर्दै सडकमा उत्रिएका छन् । गत हप्ता राजधानी साेलमा एकै दिनमा मात्र ४० हजार नागरिक सडकमा उत्रेका थिए ।
नागरिकहरु राष्ट्रपतिले राष्ट्रको सम्पतिमा दोहन गरेको, आफन्तहरुलाई पैसा बाँडेकोजस्ता आरोप लगाउँदै विरोध प्रदर्शनमा उत्रेका हुन् ।
नागरिकहरुको यस्तो आन्दोलनपछि सत्तारुढ दल राजनीतिक संकटमा परेको छ । त्योसँगै नयाँ राष्ट्रपतिको रुपमा आएकी पार्क ठूलो राजनीतिक संकटमा परेकी छिन् ।
यसअघि पनि दक्षिण कोरियामा भ्रष्टचारको मुद्धा बेला बेलामा उल्झने गरेको छ ।
नागरिकहरुको आन्दोलनपछि पार्ककी नातेदार पर्ने चु छुन सिल पुलिसको हिरासतमा परेकी छिन् । उनी धार्मिक सम्प्रदायकी रुपमा चिनिन्छन् ।
गत शुक्रबार सरकारी टेलिभिजनमा बोल्दै राष्ट्रपति पार्कले आफुले आफन्तहरुसँग सम्वन्धलाई टाढा राखेको र अब विवादमा आउने कुनै पनि काम नगर्ने प्रतिवबद्धता व्यक्त गरेकी छिन् ।
दक्षिण कोरिया अमेरिका र जापानको कठपुतली सरकारको रुपमा चिनिन्छ ।







