चीनले पहिलो पटक कश्मिर विवादबारे आफूलाई गम्भीर असर परिरहेको जनाएको छ।

चीनको सरकारी सञ्चारमाध्यमले ‘कश्मिर विवादले ४६ बिलियन डलर (पाँच लाख १४ हजार हजार करोड रुपैयाँ) को चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) परियोजनामा अड्चन पैदा हुन सक्ने बताएका हुन् ।

cvvv

चीनले पाकिस्तानमा चलिरहेको आफ्नो अर्बौं डलरको परियोजना बचाउनका लागि आफूले भारतसँग कुनै किसिमको सम्झौता पनि नगर्ने प्रष्ट पारेको छ। चीनले यसका लागि भारतसँग कुनै पनि किसिमको वार्ता गर्नु नपर्ने धारणा पनि बाहिर ल्याएको छ ।

यो करिडोर पाकिस्तानको कब्जामा रहेको कश्मिर (पीओके) हुँदै जान्छ । अर्कातिर पाकिस्तानले पनि यो परियोजनाबाट भारतलाई फाइदा हुन सक्ने भन्दै चिन्ता जनाएको छ ।

पाकिस्तानी सांसदले पनि चीनले यस करिडोरलाई भारतसँग व्यापार बढाउन प्रयोग गर्ने कुरामा पनि चिन्ता जनाएका छन् ।

समाचार एजेन्सीका अनुसार चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा शुक्रवार प्रकाशित लेखमा भनिएको छ, ‘भारत र पाकिस्तानबीच कश्मिरलाई लिएर जारी विवादका कारण सीपीईसी (चीन-पाकिस्तान आर्थिक करिडोर) लाई अघि बढाउने कोशिसमा समस्या आइरहेको छ।’

चीनले यो परियोजनाका कारण भारतलाई दक्षिण एसियमा आफ्नो प्रभुत्व घट्ने चिन्ता रहेको पनि उल्लेख गरेको छ। ‘भारत यसका लागि सतर्क हुन जरुरी छ । उसको ठुलो शक्ति बन्ने महत्वाकांक्षाले क्षेत्रीय एकता र अर्थतन्त्रको विकास प्रवर्द्धन गर्ने कुरामा कुनै असर नपरोस ।’

चीनकाे पत्रिकाको यो लेख अमेरिकी विश्लेषक पनस मरडोकाउट्सले फोर्ब्स म्यागजिनमा विहीबार प्रकाशित लेखको जबाफमा आएको हो ।

cccccoo

चीनले पाकिस्तानमा निर्माण गर्न थालेकाे अार्थिक करिडाेर

अमेरिकी विश्लेष्कले चीनको महत्वाकांक्षी सीपीईसी परियोजनाबारे बोल्दै आलोचनात्मक टिप्पणी गरेका थिए । चीनले यो परियोजनाबारेमा भारतसँग कुनै छलफल नगरेको उनको आरोप थियो ।

भारतले सीपीईसी परियोजनालाई लिएर पश्चिमी चीन हुँदै ग्वादर पोर्टलाई जोड्न यो करिडोर दक्षिण पाकिस्तानको अशान्त प्रान्त बलुचिस्तान हुँदै जाने भएकाले भारतले यसमा आपत्ति जनाउँदै आएको छ ।

यस करिडोरले मध्य एसियाका देश र युरोपियन बजारसम्म पुग्नका लागि चीनलाई सहज हुनेछ । चीनले यस यो एक व्यावसायिक परियोजना भएको जनाउँदै यसले मानिसको जिन्दगीमा सुधार ल्याउने जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार