अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फासिवादी शासनको अभ्यास गर्न खोजेको भन्दै माओवादी युवाहरु सडकमा ट्रम्प सत्ताका विरुद्ध झडपमा उत्रिएका छन् ।
रेभुलसनरी स्टुडेन्ट फ्रन्ट अस्टिनका युवाहरु यस्तो आन्दोलनमा उत्रेका हुन् ।

रेभुलसनरी स्टुडेन्ट फ्रन्ट अस्टिन, अमेरिकाका माओवादी युवाहरु प्रहरीसँगको झडपमा
गत डिसेम्बर ६ मा अमेरिकाको टेक्सास एएन्डएम युनिभर्सिटीमा ट्रम्पका मुख्य हर्ताकर्ता मानिने रिचार्ड स्पेन्सरले अमेरिकामा ‘ह्वाइट नेशनालिस्ट’ र ‘अल्टरनेटिभ राइट’ को आवश्यकतामा भाषण दिएपछि त्यसले ठूलो विवाद ल्याएको छ ।
रिचार्डले अमेरिकामा नाजीको राष्ट्रवाद जरुरी रहेको, ह्वाइट (गोरा)हरुको आधिपत्य हुनु पर्ने र नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यी मान्यतामा टेकेर शासन गर्नुपर्नेजस्ता विवादित अभिव्यक्ति दिएका थिए ।
यो अभिव्यक्ति डोनाल्ड ट्रम्पकै भएको र उनकै योजनामा यस्तो गतिविधि बढेको भन्दै अमेरिकी क्रान्तिकारी माओवादीहरु आन्दोलनमा उएिका छन् ।
शुक्रबार अमेरिकामाको टेक्सास युनिभर्सिटीमा अमेरिकी क्रान्तिकारीहरु युवाहरु आन्दोलनमा उत्रेका थिए । जहाँ हजारभन्दा बढी क्रान्तिकारी युवाहरु सहभागी थिए ।

रेभुलसनरी स्टुडेन्ट फ्रन्ट अस्टिन, अमेरिकाका माओवादी युवाहरु
रेभुलसनरी स्टुडेन्ट फ्रन्ट, अस्टिनका नाममा शुक्रबार संगठनले लामो अपिल लेख्दै अमेरिकामा फासिवाद र जातिवादका नाममा ट्रम्प नाजीको बाटोमा जान थालेको भन्दै उनीहरुले त्यसका विरुद्ध आन्दोलनमा उत्रनु पर्ने बताएका छन् ।
साथै अमेरिकामा देखा परेका सबै वर्ग, जाती र समुदायको मुक्ति समाजवादबाट मात्र हुने कुरा रेभुलसनरी स्टुडेन्ट फ्रन्टले आफ्नो अपिलमा भनेको छ ।
पछिल्ला दिनमा अमेरिकाका विभिन्न क्षेत्रमा माओवादी विचारबाट निर्देशित युवाहरु अमेरिकी साम्राज्यवादी शासनका विरुद्ध आन्दोलनमा छन् ।

रेभुलसनरी स्टुडेन्ट फ्रन्ट अस्टिन, अमेरिकाका माओवादीलाई रोक्न प्रहरीहरु

रेभुलसनरी स्टुडेन्ट फ्रन्ट अस्टिन र अमेरिकी प्रहरीबीच झडपको दृष्य








