विश्वको सर्वशक्तिमान मुलुक भएको दाबी गर्ने अमेरिकामा अहिले रुस हाबी भएको अमेरिकी खुफिया एजेन्सी सिआईएले बताएको छ ।

अमेरिकी जासुसी एजेन्सी सीआईएले ४५ औँ राष्ट्रपतिमा निर्वाचित हुनका लागि डोनाल्ड ट्रम्पलाई रसियाले सघाएको खुलासा गरेपछि रूस अमेरिकामाथि हावी भएको प्रष्ट देखिएको छ ।

putin444444

सीआईएले रूसले अमेरिकी चुनाव प्रणालीमा जनताको विश्वासलाई कम्जोर बनाउँदै डोनाल्ड ट्रम्पलाई राष्ट्रपति चुनाव जित्नका लागि अहम भूमिका निर्वाह गरेको दाबी गरेको हो ।

वासिङ्गटन पोस्टको शुक्रवारको एक रिपोर्ट अनुसार अमेरिकी अधिकारीले जासुसी एजेन्सीलाई रूसी सरकारसँग जोडिएका कयौँ मानिसबारे सूचना दिएका छन् ।

समाचार अनुसार ट्रम्पलाई चुनाव जिताउनका लागि रसियाी सरकारसँग जोडिएका व्यक्तिहरुले हिलारी क्लिन्टनका प्रचार अभियान प्रमुख समेत डेमोकेट्रिक नेशनल कमिटी र अन्य समितिमा स‌ंलग्न व्यक्तिका हजारौँ ईमेल ह्याक गरेर विकिलीक्सलाई दिएका थिए ।

समाचारपत्रले एक शीर्ष अमेरिकी अधिकारीको हवाला दिँदै भनेको छ, ”जासुसी विभागले यस मामिलामा रसियाको लक्ष्य भनेको एक उम्मेदवारको तुलनामा दोस्रोलाई प्राथमिकता दिलाउनु थियो । र, ट्रम्पलाई चुनाव जित्न मद्धत पनि गर्नु थियो ।”

तर पनि यो समाचारको ट्रम्पको तर्फबाट विज्ञप्ती निकालेर शुक्रवार खण्डन गरिसकेको छ ।

ट्रम्पको तर्फबाट निकालेको विज्ञप्तीमा अगाडि भनिएको छ ”यी तिनै मानिस हुन्, जसले सद्दाम हुसेनसँग ठूलो मात्रामा विनाशकारी हतियार छ भनेका थिए ।

चुनाव सकिइसकेको छ, परिणाम पनि आइसकेको छ। जसमा इलेक्टोरल कलेजतर्फ इतिहासकै सबैभन्दा ठूलो अन्तरको एउटा जित हासिल भइसकेको छ । अब अघि बढेर अमेरिकालाई फेरि महान बनाउनुछ ।”

ट्रम्पले रूसी सरकारद्वारा गरिएको ह्याकिङको मामिलाबारे जासुसी विभागको आकलनलाई लगातार खण्डन गर्दै आएका छन् ।

उनले यसै साता ‘टाइम’ पत्रिकासँग भनेका छन्, “म यो मामिलामा रसिया सहभागी छ भन्ने कुरा मान्दिनँ । ह्याकिङ गर्न रूस हुनसक्छ, चीन हुन सक्छ या फेरि न्यूजर्सीमा आफ्नो घरको कोठामा बसेको कुनै युवक पनि हुनसक्छ ।”

समाचार पत्रका अनुसार सीआईएले पछिल्लो साता क्यापिटल हिलमा एक गोप्य ब्रिफिङ्गका क्रममा प्रमुख सीनेटरसँग आफ्नो नयाँ आकलनलाई सार्वजनिक गरेको थियो ।

जसमा एजेन्सीका अधिकारीले कयौँ सूत्रबाट प्राप्त जानकारीको हवाला दिँदै रसियाको स्पष्ट लक्ष्य ट्रम्पको जित रहेको कुरा सीनेटरहरुमाझ सार्वजनिक गरेका थिए ।

यी परिदृष्यहरुले अब विश्व रंगमंचबाट अमेरिकी हैकमको अन्त्य हुँदै गएको र नयाँ शक्तिको उदय हुन थालेको आभास हुन थालेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार