राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प र ताइवानकी राष्ट्रपतिबीच एक साताअघिको टेलिफोन वार्ताले चीन, अमेरिका तथा ताइवानबीचको सम्बन्धलाई लिएर विभिन्न अनुमान हुन थालेका छन् ।

फोन वार्ताले ट्रम्पको राष्ट्रपति शासनकालमा तीन देशबीचको सम्बन्धमा महत्वपूर्ण परिवर्तन भने गर्नेछैन । ट्रम्पको ट्विट सन्देशअनुसार ताइवानी राष्ट्रपति साई इङ वेनले फोन वार्ताको पहल गरेकी थिइन् । राष्ट्रपतिलाई बधाई दिन फोन गरेको उनको ट्विटले अर्थ दिन्छ ।

donaldd

आफ्नो टेलिफोन वार्तालाई विश्वले धेरै चासो लिएर हेर्नु नपर्ने पनि ट्रम्पले संकेत गरेका छन् । उनको सन्देशका पाठक बेइजिङ पनि हुन सक्छ । चीनका विदेशमन्त्री वाङ यीले देखाएको प्रारम्भिक प्रतिक्रियाअनुसार फोन वार्तालाई बेइजिङ कम महत्व दिन चाहन्छ । ताइपेई र वासिंगटनबीचको सम्बन्धलाई तोडमोड गर्न ताइवानले फोहोरी खेल खेलेको भन्दै वाङले आलोचना गरेका छन् ।

ट्विट गरेको एक घन्टा पनि नबित्दै ट्रम्पले अर्को ट्विट गरे, जहाँ स्थापित कानुन र मान्यताप्रति विरोध जनाइएको छ– कस्तो अचम्म, अमेरिकाले ताइवानलाई अर्बौं मूल्यको हतियार बिक्री गर्न हुने तर मैले बधाई सन्देश लिन नहुने ?’ ट्रम्पको ताइवानी राष्ट्रपतिसँगको फोन कलले अमेरिकाको चीन र ताइवानसँगको सम्बन्धमा मुख्य परिवर्तन भएको छैन भन्ने हो ।

फोन वार्ता ट्रम्पको व्यक्तित्वलाई प्रतिबिम्बित गरेको हुन सक्ने र उनको राष्ट्रपतिको कार्यकाल उनको रुखो कार्य र शब्दले उत्पन्न गर्ने अनपेक्षित कूटनीतिक परिणामले उथलपुथल हुने देखिन्छ ।

कूटनीतिक ज्ञान छैन

ट्रम्पले विदेशनीति कसरी ह्यान्डल गर्छन् भन्नेबारे यो फोन वार्ताले केही महत्वपूर्ण संकेत दिन सक्छ । ट्रम्प आत्मविश्वासका साथ संवेदनशील विषयलाई ह्यान्डल गर्न सक्षम हुनेछैनन् भन्ने चौतर्फी अनुमानलाई पछिल्लो घटनाले प्रमाणित गर्ने देखिन्छ । उनको कदमले अनपेक्षित परिणाम ल्याउने देखिन्छ भन्दै विदेशी मुुलुकले आखीभौँ उचालेका छन् ।

वास्तवमा ताइवानी नेतासँगको फोन वार्ता पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग बुधबार भएको वार्ताको नक्कल थियो । सरिफ र पाकिस्तानप्रति ट्रम्पको न्यानो शब्दले भारतको केही वृत्तलाई नरमाइलो बनाएको छ । यी दुवै घटनाले विश्व अब कम अनुशासित र लगाममा बस्न नचाहने अमेरिकी राष्ट्रपतिसँग अभ्यस्त हुन आवश्यक छ भन्ने देखाएको हुन सक्छ ।

नयाँ शीतयुद्ध

पछिल्लो समयमा बढ्दो तनाब झेलेको अमेरिका–चीन सम्बन्धमा ट्रम्प र ताइवानी नेताको वार्ताले राम्रो संकेत गर्दैन । वास्तवमा रणनीतिक विश्वासको अभावले दुई देशलाई नयाँ शीतयुद्धको दिशातर्फ धकेलिरहेको छ ।

यस सन्दर्भमा कुनै पनि पक्षले गर्ने खराब कार्य वा व्यक्त गर्ने शब्दले उनीहरूबीचको पारस्परिक रणनीतिक अविश्वासलाई झन् तीव्र पार्नेछ । बेइजिङ, ताइपेई र वासिंगटनबीचको उच्च संवेदनशील त्रिपक्षीय सम्बन्धलाई डिल गर्दा ट्रम्प अझै बढी अनुशासित र कूटनीतिक क्षमतावान् राष्ट्रपति बन्न आवश्यक छ ।

खतरनाक बिन्दु

ताइवान पूर्वी एसियाकै खतरनाक फ्लासपोइन्ट बनेको छ । ताइवान स्वतन्त्रताको पक्षमा रहेको र यसै वर्ष शक्तिमा फर्किएको डेमोक्र्याटिक प्रोगेसिभ पार्टी ताइवानमा अस्थिरता पुनः जीवित गर्न चाहन्छ । वास्तवमा राष्ट्रपति वेन चिनियाँ कम्युनिस्ट पार्टी र ताइवानको तत्कालीन शासक कुमिनताङबीच भएको ‘१९९२ सम्झौता’ किनारा लगाउन चाहन्छिन्, तथापि दुवै पक्ष सुविधाअनुसार व्याख्या गर्न स्वतन्त्र छन् ।

डिपिपी सरकारको संशोधनवादी सोचले बेइजिङ–ताइपेई तथा बेइजिङ–वासिंगटनबीचको सम्बन्धलाई खतरा पु¥याएको छ । यस सन्दर्भमा ट्रम्प प्रशासनले वेन सरकारलाई गलत सिग्नल दिनबाट रोक्नुपर्छ किनकि त्यसले उनलाई अझै संशोधनवादी नीति खोजी गर्न प्रोत्साहन गर्नेछ, जसले चीन र अमेरिकाबीच सैन्य तनाव बढाउनेछ ।

(बाओहुई हङकङस्थित लिङनान युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक तथा एसिया प्यासिफिक स्टडिजका निर्देशक हुन् ।)  नयाँपत्रिकाबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार