‘इन्टरनेशनल कमिटी टु सपोर्ट पिपुल्स वार इन इन्डिया (आईसीएसपीडव्लुआई) नामक अन्तर्राष्ट्रिय कमिटीले भारतमा चलिरहेको जनयुद्धको पक्षमा सन् २०१७ का लागि ६ महिने कार्यक्रम सार्वजनिक गरेको छ ।

यो कमिटीले नियमित कार्यक्रमसँगै यसले दुईटा विशेष कार्यक्रम सार्वजनिक गरेको छ । फेब्रवरी ४ मा विशेष छलफल कार्यक्रम र मे २० को ‘नक्सलबाडी किसान विद्रोहका ५० वर्ष’ सम्बन्धी कार्यक्रम तय गरेको छ ।

डिसेम्बर २२ मा जारी गरेको विज्ञप्तिअनुसार आईसीएसपीडव्लुआईले भारतमा चलिरहेको जनयुद्धको समर्थनका लागि जनवरी २८ देखि विशेष हप्ता आरम्भ गर्नेछ ।

खासगरी ४ फेब्रवरीका दिन इटालीमा भारतमा चलिरहेको जनयुद्धसम्बन्धी विशेष बैठक तथा अन्तरक्रियात्मक कार्यक्रम रहेको छ । कमिटीले जनाएअनुसार पहिले गोप्य किसिमले गरिने यस किसिमको छलफल कार्यक्रम पत्रकारहरूका लागि खुला गरिनेछ ।

सो कार्यक्रममा माओवादी आन्दोलनसित सम्बद्ध राजनीतिक प्रतिनिधिहरू, साम्राज्यवाद विरोधी संस्थासित सम्बद्ध प्रतिनिधिहरूका साथै बुद्धिजीवीरूलाई आमन्त्रित गरिने छ । साथै युरोपका विभिन्न ठाउँमा भेटघाटसहित औपचारिक–अनौपचारिक कार्यक्रमहरू पनि तय गरिएको छ ।

यो ६ महिने कार्यक्रमलाई व्यापक प्रचारमा लैजान युरोपभरि प्रदर्शन तथा भित्ते लेखन गर्ने आईसीएसपीडव्लुआईको वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार