बेइजिङ: चीनले भारतलाई चीन-पाकिस्तान आर्थिक मार्गमा सहभागी हुन सल्लाह दिएको छ । चीनले पाकिस्तान-चीन आर्थिक कोरिडोर (सीपीईसी) मा सामेल हुनु उचित कुरा भएको उल्लेख गरेको हो ।
पाकिस्तानको समर्थनमा चीन

यसअघि पाकिस्तानका एक सैन्य अधिकारीले दिएको सल्लाहलाई समर्थन गर्दै चीनले पाकिस्तानको प्रस्तावलाई भारतले स्वीकार गर्नुपर्ने बताएको हो ।
पाकिस्तानका एक उच्च सैन्य अधिकारीले भारतलाई शत्रुता भुलेर सीपीईसीमा सामेल हुन आग्रह गरेका थिए । चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ-भारतले करिडोरमा सहभागी हुनु जरुरी छ।
चीनको यो भनाई पाकिस्तानका सदर्न कमाण्डका कमाण्डर लेफ्टिनेन्ट जनरल अमीर रियाजले भारतलाई दिएको प्रस्तावपछि आएको हो । रियाज अहिले क्वेटमा पोस्ट भएका छन् ।
रियाजले भनेका थिए, “भारतले शत्रुता भुलेर ४६ बिलियन डलरको करिडोरमा सामेल हुनुपर्छ । इरान, अफगानिस्तान र अन्य मध्य एसियाली देश यसको फाइदा उठाउन सक्छन् ।”
ग्लोबल टाइम्सले पनि भारतलाई यस्तो स्वर्ण मौका फेरि नआउने दाबी गरेको छ । “भारतले करिडोरमा सहभागी हुनका लागि उसले चाँडै सही व्यवहार देखाउन जरुरी छ । यदि भारतले यसो गर्दै भने यस कुराको पाकिस्तानमा विरोधको स्वर बढ्नेछ”, चिनिया पत्रिकामा भनिएको छ, ”दुबै देशबीच तनाव र युद्ध जस्तो अवस्था हटाउनका लागि उसले आर्थिक साझेदारीबाट फाइदा उठाउन सक्नुपर्छ ।’
चीनले यो करिडोरबाट भारतले आफ्नो निर्यात बढाउन सक्ने पनि दाबी गरेको छ। “भारत सीपीईसीको बाटोबाट व्यापार गरेर चीनसँग आफ्नो निर्यात बढाउन सक्छ । यदि भारतले करिडोरमा सहभागी भयो भने उसको उत्तरी क्षेत्रमा पनि चाँडो विकास हुनेछ ।”
के भन्यो चीनको विदेश मन्त्रालयले ?
“हामीलाई थाहा छ, पाकिस्तानको प्रस्तावको भारतले के जवाफ दिन्छ”, चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङ्गले भनिन्, ”हाम्रो नजरमा सीपीईसी व्यापारका लागि एक सहयोग लेनदेनको फ्रेमवर्क हो । यसबाट पाकिस्तान मात्रै होइन, पुरै एसियाले फाइदा लिने कुरामा हामी विश्वस्त छौँ ।”
सीपीईसी चीनको ‘वान बेल्ट वान रोड’ परियोजनको अहम भाग हो । यसलाई नयाँ सिल्क रोड परियोजना पनि भन्न सकिन्छ । “यो एक खुल्ला प्रस्ताव हो, जसमा हामी पाकिस्तान र कुनै तेस्रो देशसँग मिलेर काम गर्न सक्छौँ ।”
ग्वादरबाट चीन-पाकिस्तान आर्थिक करिडोर
बलुचिस्तानको ग्वादरबाट चीनको शिनजियाङ्गसम्म ४६ बिलियन डलरको यो आर्थिक करिडोर बनिरहेको छ । सीपीईसीको पहिलो भाग चाँडै पुरा हुँदैछ । अबको तीन वर्षमा यो पुरै परियोजना तयार हुनेछ ।
पाकिस्तानले यो परियोजना निर्माणमा भारतले अवरोध खडा गर्न खोजिरहेको आरोप लगाउँदै आएको छ । राहिल सरिफले केही दिनअघि भनेका थिए< ”भारत यस विकासका लागि सबैभन्दा ठूलो चुनौती हो । रअ यसमा निगरानी गरिरहेको छ।”
चीनको सेना खटाउने तयारी
चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) यस करिडोरबाट आउने काराकोरम राजमार्गको सुरक्षाका लागि खटिनेछ ।
अहिले पाकिस्तानले ३ स्वतन्त्र इन्फेन्ट्री ब्रिगेड र २ रेजिमेन्ट्सलाई यस राजमार्गको सुरक्षाका लागि तैनाथ गरेको छ । एक ब्रिगेडमा कम्तिमा पनि ३ रेजिमेन्ट हुन्छन् । हरेक रेजिमेन्टमा एक हजार जवान हुन्छन् ।
मकरान कोस्ट हुँदै यो करिडोरले लाहौर र इस्लामाबादलाई पनि जोड्नेछ । गिलगित-बाल्तिस्तान (पाकिस्तानी भूमि) हुँदै यो काराकोरम राजमार्गमा पनि जोडिनेछ ।
यसमार्फत चीनलाई एसियाली तथा युरोपेली बजारसम्म पुग्नका लागि आन्ध्र महासागर र त्यसभन्दा अगाडिको सिधा बाटो पनि मिल्ने छ ।







