४७  वर्षदेखि सशस्त्र क्रान्ति गरिरहेको फिलिपिन्स कम्युनिस्ट पार्टी (सिपिपी) ले आफ्नो ४८ औँ पार्टी स्थापना दिवस मनाएको छ ।

माओको जन्म दिन अर्थात् डिसेम्बर २६,२०१६ मा एउटा लामो अपिलमार्फत सिपिपीले आफ्नो उद्देश्य प्राप्त नहोउन्जेलसम्म क्रान्तिलाई अघि बढाइरहने प्रतिबद्धता जाहेर गरेको छ ।

आजभन्दा ४८ वर्ष पहिले २६ डिसेम्बर १९६८ मा फिलिपिन्स कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

माओ दिवससमेतको सन्दर्भ पारेर जारी ‘राष्ट्रिय जनवादी क्रान्तिलाई अन्तिम बिन्दुसम्म पुर्याउन पार्टीलाई एकताबद्ध र सुदृढ तुल्याऔँ” शीर्षकको सो आह्वानमा पार्टीको स्थापनादेखि हालसम्मको यसको सङ्घर्षशील इतिहास, यसले व्यहोर्नु परेका विविध समस्या, मालेमाको आवश्यकता, महत्त्व तथा फौजी कारबाही र जनसेनाको गरिमामय भूमिकाको चर्चा गरिएको छ ।

फिलिपिन्समा कम्युनिस्ट पार्टी स्थापनासँगै सशस्त्र संघर्ष सुरु गरेको पार्टीले आज आउँदा ठूलो उतार चढाव पार गरेको छ ।

वक्तव्यमा साम्राज्यवादीहरू आर्थिक–राजनीतिक सङ्कटको स्थितिबाट गुज्रेको स्थितिमा क्रान्तिकारी व्यवहारलाई अघि बढाएर छिटै राष्ट्रिय जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने प्रतिबद्धताका साथ क्रान्तिकारी आशावाद जाहेर गरिएको छ ।

फिालिपिन्स अझै पनि अर्धसामन्ती तथा अर्धऔपनिवेशिक स्थितिमा रहेको र मार्क्सवाद(लेनिनवाद(माओवादको बाटो हिँडेर मात्र यो लक्ष प्राप्त हुने हुनाले यसलाई दरोसँग आत्मसात गर्न पनि वक्तव्यमा जोड दिइएको छ । यताका दिनमा पार्टीले देशव्यापी रूपमा आफूलाई सुदृढ गरेको, आफुहरु क्रान्तिको सन्निकट पुगेको, मालेमालाई आफ्नो देशमा सही किसिमले लागू गरेर नै सम्भव भएको हो भनेर पनि सिपिपीले वक्तव्यमा भनेको छ ।

पार्टीले पार्टी सदस्यका योग्यताका साथै बढीभन्दा बढी विद्यार्थी तथा युवाहरूलाई जनसेनामा भर्ति हुन पनि आह्वान गरेको छ र आफूलाई वामपन्थी भन्ने राष्ट्रपति रोद्रिगो दुतेर्तेलाई साम्राज्यवादको सेवा होइन, जनताको सेवामा समर्पित हुन र साम्राज्यवादको आडभरोसामा मुलुकमा रक्तपात नमच्चाउन पनि चुनौती दिएको छ ।

अहिलेको समय दुतेर्तेका लागि जनताको सेवामा लाग्ने कि साम्रज्यवादको सेवामा लाग्ने भनेर चयन गर्ने समय भनेर पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

स्मरण रहोस्, फिलिपिन्ससित अमेरिकाको सैन्य सम्झौता छ र पछिल्ला दिनमा अमेरिकासित दुतेर्ते सरकारको सम्बन्ध तनावपूर्ण रहेको छ र गत नोभेम्बरमा फिलिपिन्स कम्युनिस्ट पार्टी्सित युद्धविराम गरी शान्तिवार्ता चलिरहेको छ ।

यो विषयलाई अमेरिकाले मन पराएको छैन । फिलिपिन्ससित जोडिएको मिन्डानाओ टापुका सन्दर्भमा चीन(अमेरिकाबीच पनि एक किसिमको शीतयुद्ध चलेको स्थिति छ ।

जनमेलबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार