नेपाल र चीनबीच सन् २०१७ को शुरुमा हुने भनिएको सुयुक्त सैन्य अभ्यासले भारत चिन्तित बनेको छ ।

आज प्रकाशित टाईम्स अफ् ईन्डियाले केपी ओलीलाई हटाएर प्रचण्डले सत्ता लिए पछि भारतसगँको सम्बन्ध पुनस्थापित भईरहेका बेला यो अभ्यास हुन लागेको भन्दै खबर लेखेको छ ।

केही समय अघि मात्रै भारतले नेपाली सेनालाई शान्ति सेनामा पठाउदा भारतीय छाता भित्र समावेश गर्न दवाव दिएको सार्वजनिक भएको थियो ।

साथै केही समय पहिले भारतीय सेना प्रमुख दलबीर सिंह सुहागको नेपाल भ्रमण पछि यो अभ्यास तय भएको भन्दै भारतीय रक्षा अधिकारीहरुले चिन्ता जनाएका छन् ।

अखबारले भारतले गिलगित क्षेत्रमा भारतलाई चीनीया उपस्थिति जाच गर्न कठिन भईरहेका बेला यो काठमाण्डौंद्धारा प्रस्तावित अभ्यासले सम्बन्धमा तनाव पैदा गर्न सक्ने चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार