फिलिपिन्सको माओवादीले आफ्नो ४८ औं पार्टी स्थापना दिवस मनाएको केही दिनपछि त्यो पार्टीको जनसेना ‘न्यु पिपुल्स आर्मी’ले पनि आफ्नो ४७ औं जनसेना दिवस मनाएको छ ।

जनसेना स्थापना दिवसका अवसरमा न्यु पिपुल्स आर्मीका सदस्यहरु

सो अवसरमा न्यु पिपुल्स आर्मीले एउटा लामो सन्देश जारी गरेर आफुहरु फिलिपिन्सको माओवादी पार्टी र जनताप्रति सधै साथमा रहँदै अगाडि बढ्ने बताएको छ ।

सन् १९६९ मा स्थापना भएको न्यु पिपुल्स आर्मीले आज आउँदा ४७ वर्ष पार गरेको छ । सन् १९६८ मा फिलिपिन्स माओवादी फिलिपिन्स कम्युनिस्ट पार्टीको स्थापना भएको एक वर्षपछि न्यु पिपुल्स आर्मी निर्माण भएको थियो ।

न्यु पिपुल्स आर्मीको निर्माणसँगै फिलिपिन्स माओवादीले जनयुद्धको सिद्धान्तमा टेकेर सशस्त्र आन्दोलन सुरु गरेको थियो । यहाँसम्म आउँदा फिलिपिन्सको माओवादीले ४७ वर्ष लामो समयसम्म पनि सशस्त्र आन्दोलन जारी राखेको छ ।

यो बीचमा वार्ता र युद्धको प्रक्रियाबाट आएको फिलिपिन्सको माओवादी र यसको महत्वपूर्ण संगठन जनमुक्ति सेनाले फिलिपिन्सको ठूलो भुभाग आफ्नो नियन्त्रणमा राखेको छ ।

आफ्नो जारी सन्देशमा न्यु पिपुल्स आर्मीले सन् १९६९ मा सशस्त्र संघर्ष सुरु गर्दा जम्मा ३६ वटा राइफलबाट सुरु गरेको सशस्त्र क्रान्ति आज आउँदा आफुहरुसँग हजारौं उच्च प्रविधिका हतियार रहेको, देशभरि सयौं प्लाटुन र कम्पनीस्तरका जनसेना फर्मेशन रहेको बताएको छ ।

साथै हजारौं संख्यामा पार्टीको तर्फबाट प्रशासनिक अड्डाहरु चलाएको, देशका ७० प्रान्तमा किसानहरुसँग जोडिएर काम गरेको पनि न्यु पिपुल्स आर्मीले आफ्नो जारी सन्देशमा उल्लेख गरेको छ ।

हजारौं संख्यामा रहेका न्यु पिपुल्स आर्मीका सदस्यहरु

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार