भारतमा सशस्त्र जनयुद्ध गरिरहेका भारतीय माओवादीहरुले जमिन्दारहरुका सयौं बिगाह जमिन कब्जा गरेर आदिवासी किसानलाई बाँडिदिएका छन् ।

भारतको केरला र तमिल नाडुुका सीमावर्ती इलाकामा सयौं विगाह जमिन भारतीय माओवादीले सयौं जनताको सहभागितामा कब्जा गरेर जनतालाई नै हस्तान्तरण गरेका हुन् ।

खासगरी भारतीय माओवादीहरुले पलक्कड जिल्लामा १ सय २० एकड जमिन कब्जा गरेर त्यहाँका आदिवासीहरुलाई नै हस्तान्तरण गरेका छन् ।

भारतीय मिडिया टाइम्स अफ इन्डियाले भारतीय प्रहरीलाई उदृत गर्दै लेखेको समाचारअनुसार प्रहरीले जारी गरेको भिडियो क्लिपमा भारतीय माओवादीहरुले स्थानीय आदिवासी जनतालाई सहभागी गराएर यस्ता कार्यक्रम सम्पन्न गरेका हुन् ।

भारतीय प्रहरीले माओवादी नेताहरुलाई गिरफ्तार गरेर आन्दोलन समाप्त गरेको भन्ने प्रोपोगन्डा गरिरहेको बेला माओवादीहरुको दिन प्रतिदिन जनकार्वाहीले स्थानीयहरुमा आशाको लहर फैलिएको भारतीय माओवादीले बताएका छन् ।

भारतमा माओवादीले जनयुद्धलाई १० प्रान्तमा विस्तार गरेको छ भने १८० जिल्लामा आफ्नो सक्रिय प्रभाव बढाइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार