विभिन्न पदमा रहेर अनुशासनबिहीन तथा पार्टीको आचारसंहिताअनुसार काम नगरी अनियमितामा संलग्न भएका चार लाख १५ हजार चिनियाँमाथि कावाही चलाइएको छ ।

ती चिनियाँविरुद्ध अनुशासनको कारवाही चलाइएको चिनियाँ कम्युनिष्ट पार्टीको उच्च अनुशासन समितिले बिहीबार जनाएको छ ।

यसरी कारवाहीमा पर्नेमा विभिन्न तहमा कार्यरत चिनियाँ कर्मचारी र ७६ जना प्रान्तीय तथा मन्त्रीस्तरीय पदाधिकारी समेत रहेका छन् ।

दुई लाख ५६ हजार ग्रामिण तथा विभिन्न सङ्घसंस्थासँग आवद्धता रहेका पदाधिकारी तथा सदस्य पनि कारवाहीमा परेका पार्टीको केन्द्रीय अनुशासन छानविन आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चिनियाँ समाजमा भ्रष्टाचार र अनियमिताले व्यापकता पाएको गुनासो राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरबाट आएपछि यो कारवाही गरिएको हो ।

पार्टीले सन् २०१२ देखि भ्रष्टाचार, फजुलखर्च, नकारात्मक गतिविधि र अनुशासन उल्लङ्घनका गतिविधिविरुद्ध अभियानकै रुपमा छानविन सुरु गरेको ।

एजेन्सीको सहयोगमा कारोबारबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार