माओत्सेतुङ पिपुल्स रिपब्लिक अफ चाइनाका संस्थापक हुन् । उनको निधन सन् १९७६ मा भएको थियो ।

चीनको एक सानो गाउँ नानझिकुनमा पुग्ने जो कोहीलाई पनि अहिले पनि माओ शारीरिक रूपमा पनि उपस्थिति छ जस्तो लाग्छ । नानझिकुनमा चीनको अन्तिम माओवादी कम्युन अहिले पनि चलिरहेको छ, जस्तो माओकालमा थियो ।

नानझिकुन गाउँमा वर्षामा होस् वा सफा मौसममा, हरेक बिहान ६ः१५ मा चीनको शक्तिशाली नेता रहेका माओवादीको प्रशंसा गरिएको गीत गुन्जिन्छ । यो आवाज सुनाउन सडकको किनारामा लाउडस्पिकर लगाइएको छ । यो गाउँमा त्यो गीत बज्छ, जसलाई सुनेर धेरै चिनियाँहरू आफ्नो र पुर्खाको बचपना र गविर्लो इतिहासको याद गर्छन् ।

६० वर्ष पहिले यस्ता कम्युनहरू जताततै थिए, हरेक सहर र गाउँमा तर अब यो यहाँ अर्थात मध्य–चीनको हेनान प्राप्तमा मात्र छ । गाउँका मानिसहरू आगन्तुकहरूको स्वागत गर्न मन पराउँछन् । त्यहाँका अभिलेखहरूमा इतिहासहरू कोरिएका छन् । एतिहासिक तस्बिरमा जर्जर कोटेजको तस्बिर छ । त्यसमै एक चित्र छ, जहाँ कसरी गोरुको सट्टा दुई पुरुष हलो तानेर खेत जोत्छन् भन्ने देखिन्छ ।

सन् १९६० को दशकमा देशमा लागु नियम कडा थियो । जब चिनियाँ गाउँबाट माओवादी कम्युनहरू सन् १९८० को दशकमा हट्न सुरु भयो र स्थिति बदलियो । नानझिकुनको ग्रामीण बस्तीहरू भव्य वस्तीमा बदलिएको छ र गाउँको प्रवेशद्वारमा परम्परागत चिनियाँ प्रवेशद्वार बनाइएको छ । त्यहाँ माओको विशाल प्रतिमा छ, जसमा अन्य कम्युनिस्ट नायकहरू कार्ल माक्र्स, लेनिन, स्टालिनको पोस्टर समेत छ ।

यो गाउँमा आफ्नो पत्रिका र रेडियो स्टेसन छ, जसमा हरेक बिहान बज्ने माओसँग जोडिएका गीतहरू सुनेर मानिसहरू उठ्छन् । टेलिभिजन स्टेसनमा विभिन्न समारोहका टेपहरू छन् । यहाँ १५ वर्ष पहिले जापानी लगानीमा चाउचाउ उद्योग खुलेको थियो । मानिसहरू चाउचाउको स्वाद चाख्न थालेका छन् ।

यसलाई पेस गर्ने एक महिलाले हालै मात्र गाउँका एक युवासँग विवाह गरेकी छिन् । ली जुएन जुन नामकी युवती कम्युनकी सदस्य समेत हुन् । गाउँको नजिकैको भीडभाड र आधुनिक सहरी चीनको जीवनशैलीको तुलनामा यो शान्ति जीवन राम्रो भएको बताउँछिन्ध्र नानझिकुनमा कुनै कार गुड्दैन । केही इलेक्ट्रोनिक स्कुटर देखिन्छन्, जसको टू–स्ट्रोक इन्जिनलाई हालै परिवर्तन गरिएको छ । केही तीन पाङ्ग्रे ट्रक गुड्छन् ।

यो गाउँ सफा छ, कुनै व्यावसायिक विज्ञापन देखिँदैन तर धेरै माओवादी ब्यानर र नाराहरू भने छन् । यहाँ तलब निकै कम छ । ३२ डलर महिनाको पारिश्रमिक छ तर कम्युन सदस्यबाहेकका भाडावाललाई अपार्टमेन्ट, सुविधा, खानाको समान उपलब्ध छ र शिक्षा पनि निःशुल्क छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार