चिनियाँ राष्ट्रपति सि जिन पिङले माओको बाटो पछ्याउने गरी भ्रष्टचार विरुद्धको अभियानलाई निर्ममतापूर्वक अगाडि बढाएपछि चीनमा ठूलो तरंग मच्चिएको छ ।

गत शुक्रबार चीकपाको केन्द्रीय अनुशासन विभागको बैठकमा बोल्दै सि

हालै चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय अनुशासन विभागले ४ लाख १५ हजार मान्छेमाथि अनुशासनको डण्डा बर्षाएपछि त्यसले चीनको राजनीतिक आकाशमा ठूलो हंगामा मच्चायो ।

सिले भ्रष्टचारविरुद्धको लडाइँ निकै गंभीर प्रकृतिको भन्दै यसले चीनलाई सुद्धीकरण गरेर लैजाने आशा व्यक्त गरेका छन् । यसलाई व्यवस्थित, सिर्जनात्मक र प्रभावकारी ढंगले लैजाने कुरा पनि सिले बताएका छन् ।

गत शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अनुशासन विभागको १८ औं बैठकमा सिले निकै कडा भाषामा चीनमा भ्रष्टचार अभियानलाई निर्मम बनाएर जाने बताए ।

चीनको सीसीटिभी न्युज अनलाइनका अनुसार भ्रष्टचार विरुद्ध भीषण लडाइँमा चिनियाँ कम्युनिस्ट पार्टीले सन् २०१२ पछि ठूलो स्केलमा जित हासिल गरेको सिको भनाई छ ।

यो बीचमा १०० भन्दा बढी उच्च चिनियाँ अधिकारीहरु भ्रष्टचारको कार्वाहीमा परेको सिको भनाई उदृत गर्दै सीसीटिभीले समाचार लेखेको छ ।

यो चार वर्षमा चीनले भ्रष्टचारविरुद्धको लडाइँले धेरै हदसम्म निर्मुल भएको र यसले ठूलो मात्रामा जित हासिल गरेको पनि सिको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार