भ्रष्टचारमा प्रत्येक वर्ष २ टिलियन डलर अर्थात् २ हजार बिलियन डलर अनावश्यक खर्च भइरहेको एक अध्ययनले देखाएको छ ।

वल्र्ड इकोनोमिक फोरमले विहीबार सार्वजनिक गरेको रिपोर्टले यस्तो खर्च देखाएको हो ।

यो नेपालको सन्दर्भमा २ हजार खर्ब हुन आउँछ । तर विश्वव्यापी रुपमा बढेको भ्रष्टचारको रोगले व्यर्थैमा २ हजार खर्ब रुपैया खर्च भइरहेको छ ।

इकोनोमिक फोरमले यो २ ट्रिलियन डलरलाई चार महत्वपूर्ण काममा खर्च गरेर विश्वले राहत पाउने बताएको छ । उसका अनुसार उसले केही विकल्पसहित खर्च गर्नु पर्ने बताएको छ ।

फोरमले बताएअनुसार पहिलो भोक अन्त्य गर्ने काममा । दोस्रो मलरिया रोग निर्मुल पार्ने काममा । तेस्रो विश्वव्यापी विकासको आधारसंरचना निर्माणमा जोड दिने र चौथो विश्वमा जो स्कुल जानबाट बंचित रहेका बालबालिकालाई आधारभूत शिक्षा दिने बारेमा त्यो भ्रष्टचारमा खर्च भइरहेको रकमलाई उपयोग गर्नु पर्ने बताएको छ ।

यमन र केही अफ्रिकी मुलुकहरुमा जारी सशस्त्र द्धन्द्ध र प्राकृतिक प्रकोपका कारण जहाँ ८ सय मिलियन नागरिकले प्रशस्त खाना समेत पाइरहेका छैनन् । ती मुलुकहरुमा ११६ बिलियन डलर खर्च गरिए उपयुक्त हुने इकोनोमिक फोरमको पहिलो विकल्प रहेको छ ।

सन् २०१५ मा २१२ मिलियन नागरिक मलरियाबाट संक्रमित भए । ४ लाख २९ हजार मान्छे मरे । यस्तो समस्याले विश्व प्रभावित भइरहेको बेला यो समस्या समाधानका लागि ८.५ बिलियन डलर खर्च गर्नु पर्ने वल्र्ड इकोनोमिक फोरमले बताएको छ ।

अहिले पनि विश्वमा विकास निर्माणका लागि आधारभूत संरचना निर्माणमा मोटरबाटो, पुल विद्युतीय नालीहरुमा आधारभूत खर्च आवश्यकता देखा परिरहेको छ । यसका लागि १ टलियन डलर खर्च गर्नुपर्ने इकानोमिक फोरमको दिशानिर्देश रहेको छ ।

यसरी विश्वमा २ ट्रिलियन अर्थात् २ हजार बिलियन डलर भ्रष्टचारमा मात्र खर्च भइरहेकोले त्यसलाई यी चार बाटामा प्रयोजन गर्न सके विश्वले ठूलो राहत पाउने वल्र्ड इकोनोमिक फोरमको भनाई छ ।

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार