भारतको झारखण्डमा भारतीय सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भएको भीडन्तमा ६ भारतीय सुरक्षाकर्मी मरणासन्न भएका छन् ।

भारतको झारखण्ड राज्यको लाथेर जिल्लामा माओवादी विरुद्ध कम्बिङ अप्रेसनमा गएको कोब्रा बटालियन विशेष फोर्स माओवादी एम्बुसमा परेर सहकमाण्डरसहित ६ जना मरणासन्न अवस्थामा पुगेको कुरा भारतीय संचार माध्यमहरूले जनाएका छन् ।

लाथेरको बुढा पाहाड भन्ने ठाउँमा भएको यो घटनाका घाइतेहरूलाई हेलिकप्टरद्वारा उद्धार गरेर राँची अस्पताल पुर्याइएको कुरा पनि छ संचार माध्यमहरूले जनाएका छन् l

सो क्षेत्रमा एकै दिन भएका तीनओटा एम्बुसका घटनाबारे पूर्ण समाचार सरकारले बाहिर ल्याएको छैन र सरकारका तर्फबाट थप फोर्स त्यहाँ पठाएर कम्बिङ अप्रेसन जारी रहेको मात्र जानकारी दिइएको छ ।

यसैबीच माओवादीहरूको कब्जामा परेका भारतको मलकानगिरी जिल्लामा स्थानीय निर्वाचनको तयारीमा गएका चारजना चुनाव अधिकारीहरूलाई माओवादीले जनअदालतमा उभ्याएर राजनीतक प्रशिक्षण दिएर सकुशल फिर्ता गरिदिएका छन्  ।

जनमेलबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार