फ्रान्सको माओवादीले सन् २०१७ भित्र जनयुद्धमा अघि बढ्नु पर्ने भन्दै एक खुला अपिल जारी गरेको छ ।

फ्रान्सका सडकमा फ्रान्सेली माओवादीहरू

एक वर्षअघि माओस्ट कम्युनिस्ट पार्टी (फ्रान्स) को स्थापना गरेको सो पार्टीले यस्तो बताएको हो ।

आफ्नै आधिकारिक वेभसाइटमार्फत सोमबार जारी गरेको अपिलमा यो वर्ष क्रान्तिकारीहरुका लागि निकै महत्वपूर्ण हुने फ्रान्सेली माओवादीले बताएको छ ।

अक्टोबर क्रान्तिको एक शताव्दीकोले आफुहरुलाई क्रान्ति पूरा गर्न आफ्नो प्रयासलाई तीव्रता दिनु पर्ने सो पार्टीले अपिलमा सन्देश दिएको छ । साथै राजनीतिक कार्यमा विकास गर्दै आम मान्छे परिचालन गर्ने र मालेमावादको विकासमा जोड दिनु पर्ने बताएको छ ।

विश्वको अन्तविरोध निकै खराब बन्दै गइरहेको र त्यसले विश्व युद्धतिर धकलिने फ्रान्सको माओवादीको विश्लेषण छ ।

ठीक एक सय वर्षअघि फ्रान्समा निकै ठूलो आर्थिक संकट आएको र अहिले पनि फ्रान्समा निरीह सामाजिक प्रजातन्त्रले फासीवादका लागि बाटो बनाएको माओवादीको धारणा रहेको छ । अहिलेका संकटले युरोपभरि सर्वहारा क्रान्ति निकै तीव्र ढंगले अगागि बढ्ने स्थिति रहेको पनि फ्रान्सको माओवादीको विश्लेषण छ ।

आफ्नो सन्देशको अन्त्यमा फ्रान्सको माओवादीले युरोप र विश्वभिर अन्तराष्टिय आन्दोलन नयाँ ढंगबाट पुनर्सगंठित हुने आशा व्यक्त गरेको छ ।

फ्रान्सेली माओवादीहरू सडकमा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार