फिलिपिन्स सरकार र माओवादी क्रान्तिकारीहरुबीच भएको एकपक्षीय युद्धविराम झन् अस्थिर बन्न पुगेकाे पुगेको माओवादीहरुले बताएका छन् ।

हालैं इटालीको रोममा भइरहेको वार्तामा सरकारी पक्षबाट कुनै ठोस कार्यक्रम नआएको भन्दै फिलिपिन्सका माओवादी क्रान्तिकारीहरुले द्धपक्षीय युद्धविराम धुमिल बन्न पुगेको बताएका छन् ।
नेशनल डेमोक्रेटिक फ्रन्ट अफ द फिलिपिन्स (फिलिपिन्स माओवादी)ले सरकारसमक्ष प्रस्तुत गरेको लामो कम्प्लेन पत्रमा यसअघि भएका हस्ताक्षरित सहमतिहरु अस्थिरतातिर गएको माओवादीहरुको भनाई रहेको छ ।
जनवरी १९ देखि २५ सम्म चल्ने सो वार्तामा माओवादी र सरकारबीचको यो तेस्रो चरणको वार्ता हो । तर वार्ताले अझै कुनै ठोस परिणाम हासिल नगर्ने देखिएको छ ।
सन् १९६८ देखि फिलिपिन्सको माओवादी क्रान्तिकारीहरुले सशस्त्र संघर्ष संचालन गर्दै यहाँसम्म आइपुगेका छन् ।
लामो दीर्घकालीन जनयुद्धको बाटोबाट यहाँ आएको फिलिपिन्सका माओवादीहरुले धेरैपटक सशस्त्र संघर्ष र वार्तालाई संगसंगै लिएर आएका छन् ।







