शान्तिवार्तामा रहेका फिलिपिन्सका माओवादीहरुले फिलिपिन्समा जनयुद्ध जारी रहेको घोषणा गर्दै एक र्यालीको आयोजना गरेका छन् ।

इटालीमा शीर्ष नेताहरु शान्तिवार्तामा रहिरहँदा फिलिपिन्सका माओवादीहरुले राजधानी मनिलादेखि केही किलोमिटर टाढा रहेको ठाउँमा जनताको शान्तिका जनयुद्ध भन्ने नारासहित र्यालीको आयोजना गरेका हुन् ।

साेमबार प्ले कार्ड बोकेका हजारौंको संख्यामा रहेका माओवादीहरुले जनयुद्ध जारी छ भन्ने नारासहित मुखमा माक्स लगाएर र्यालीमा सहभागी भएका थिए ।

निकै छोटो समयमा माओवादीहरुले गरेको यस्तो र्यालीले धेरैलाई झस्काउने खालको रहेको देखिन्छ ।

केही दिनअघि सरकारी सेना र माओवादी सेनाबीच भएको छुट्टा छुट्टै भिडन्तमा एक जनसेनाका सदस्य र आठ जना सरकारी सेनाको ज्यान गएको समाचार एजेन्सीले बताएका छन् ।

यस्तो बेला शहरमै माओवादी सेनाहरुले गरेको यो र्यालीले वार्ता भंग हुन गइरहेको त छैन भन्ने भाव दिन खोजेको छ ।

शान्तिवार्ताले ठोस रुप नलिएको स्थितिमा फिलिपिन्सका माओवादीहरुले सरकारलाई दबाबस्वरुप यस्तो र्यालीको आयोजना गरेको हुनसक्ने आंकालन पनि गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार