अमेरिकामा क्रान्तिकारी माओवादी युवाहरुले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फासीवादको संज्ञा दिदै त्यसका विरुद्ध संघर्षमा उत्रन आम अमेरिकी जनतालाई अनुरोध गरेका छन् ।

रेड गार्ड अस्टिनका सदस्यहरु
रेड गार्ड अस्टिनको नामबाट एक वर्ष अगाडि निर्माण भएको माओवादी संगठने यस्तो अपिल गरेको हो । यस संगठनमा माक्र्सवाद, लेनिनवाद र माओवादलाई मान्ने अमेरिकी माओवादी युवाहरु संगठित हुने गरेका छन् ।
हालै तिनै रेड गार्ड अस्टिनको नामबबाट जारी एउटा लामो अपिलमा सशस्त्र संघर्ष र जनयुद्धका लागि अमेरिकी जनतालाई ट्रम्पको फासीवादका विरुद्ध आन्दोलनमा आउन अनुरोध गरेका छन् ।
माओको भनाईलाई सापटी लिएर अमेरिकी माओवादी युवाहरुले जनसेना नभएको जनतासँग आफ्नो भन्ने केही पनि नहुने भन्दै सेना निर्माण गरेर अमेरिकाको पुँजीवादी व्यवस्थालाई ढाल्नु पर्ने बताएको छ ।
ट्रम्पको फासीवादका विरुद्ध आन्दोलनमा जति ढिला गर्यो त्यति अमेरिकी जनतालाई नै नोक्सान हुने भन्र्दै अमेरिकी माओवादी युवाहरुको संगठन रेड गार्ड अस्टिनले त्यसका विरुद्ध आन्दोलनमा जानै पर्ने बताएको छ ।
अमेरिकामा उत्पन्न ट्रम्पको फासीवादका विरुद्ध प्रतिरोध नगरिकन अमेरिकी जनताको भविष्य सुनिश्चित नहुने रेड गार्डहरुको भनाई रहेको छ ।

आन्दोलनमा रेड गार्ड अस्टिनका सदस्यहरु







