नेपाल र म्यानमारको विषयलाई लिएर चीनले भारतमाथि फेरी ठूलो सैन्य आक्रमण गर्ने तयारी गरिरहेको खुलासा भएको छ ।

अमेरिकी गुप्चर संस्था सिआइले हालै जारी गरेको एक गोप्य दस्तावेजमा सन् १९६२ को युद्धपछि फेरि नेपाल, म्यानमार र भुटानको बाटो भएर चीनले भारतमाथि आक्रमण गर्ने खतरनाक योजना बनाइरहेको उल्लेख गरिएको छ ।

‘भारतमाथि चिनियाँ कम्युनिस्टको स्थलगत चुनौती’ नामक डिआइएको रिपोर्टमा लदाखमा नेपालको भूमि हुँदै र आसाममा भुटानका भूमि प्रयोग गर्दै आक्रमण गर्न सक्ने बताइएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एमएस एन न्यूजले जनाएको छ ।

चीनले बनाईरहको आक्रमणको यो योजनामा बर्मा अर्थात म्यानमारले कुनै पनि बिरोध नजाउने भएकाले चीनले म्यामामारकोे दुई फरक फरक रुटबाट हमला गर्न सक्ने खतरा रहेको भारतीय सञ्चार संस्था दैनिक भास्करले समाचार लेखेको छ ।

दुवै गुप्तचर संस्थाले वर्माको कुनमिङ–दिब्रुगढ सडक र कुनमिङ–तेजपुर सडकलाई चीनले प्रयोग गर्न सक्ने रिपोर्टमा उल्लेख छ ।

सन १९६३ पछिको लामो अध्ययनपछि सार्बजनिक भएको यो रिपोर्टले खल्बली मच्याएको छ । सिआइएले तयार पारेको रिपोर्टमा चिनियाँ सैनिकहरुले तिब्बत, म्यानमारसहित नेपाल र भुटानको भूमि प्रयोग गरेर भारतमाथि थप सैनिक कारवाही गर्ने चिन्ता व्यक्त गरिएको उल्लेख छ । त्यसका लागि चीनले १ लाख २० हजार सैनिक फौज परिचालन गर्न सक्ने बताइएको छ ।

त्यसका साथै चीनले आक्रमणमा एयर फोर्सबाट पनि हमला गर्न सक्ने रणनीति बनाएको दाबी गरिएको छ । तर यसफोर्स आक्रमणका लागि भने बातावरणीय अनुकुलता नहुने भएकोले त्यरको खतरा भने कम रहेको जनाईएको छ ।

पछिल्लो छ महिनामा (सीआइए), डिफेन्स इंटेलिजेन्स एजेन्सी (डीआइए) र युएस इंटेलिजेन्स (युएसआइबी) ले गरेका विभिन्न अध्ययनहरुले भारतमाथि चीनले आक्रमण गर्ने खतरनाक योजना बनाईरहेको दाबी गरिएको छ ।

सन् १९६२ मा भएको भारत र चीन बीचको युद्धपछि ६ महिना भित्रै डीआएएले ‘द चाइनिज कम्युनिस्ट ग्राउण्ड थ्रेट टु इंडिया’ बारे एक रिपोर्ट तयार गरेको थियो ।

उक्त रिपोर्टमा चीनले नेपाल, भूटान रआसामसँगै नर्थइस्टर्न फ्रंटियर एजेन्सी को रुट भएर लदाखमा आक्रमण गर्ने उल्लेख गरिएको छ ।

त्यस बेलाको युद्धमा पनि चीनिया शैनिक लदाख हुँदै हाल अरुनाञ्चल प्रदेशसम्म प्रवेश गरेको थियो । एक महिनापछि चीनले एकतर्फी युद्ध विराम गर्दै आफ्नो सैनिकलाई फिर्ता बोलाएको थियो ।

अहिले फेरी चीनले त्यसै क्षेत्रमा कब्जा जमाउने योवजना बनाइरहेको रिपोर्टमा जनाइएको हिन्दुस्थान टाइम्समा समाचार छ ।

एशियन समाचारबाट ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार