
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु हुनुअघि देखि नै चीनसँगको सम्बन्धमा आएको उतारचढावकाबीच गरेको यो परीक्षणलाई चीनको सम्भावित सैन्य क्षमता प्रदर्शनको तयारीका रुपमा लिइएको छ।
चीनले मिसाइल डीएफ–५सी ‘टेन मल्टिबल इन्डिपेन्डेन्टली टारगेटेबल रिन्ट्री व्हिकल्स अर्थात एमआईआरबीका साथमा उडान परीक्षण गरेको अमेरिकी फ्रि बिकनको समाचारमा उल्लेख छ। अमेरिकी अधिकारीहरुले यस प्रकारको परीक्षणलाई कडा नजर राखेको जनाएका छन्।
दश नक्कली मुख्यअस्त्रद्वारा लैस डांगफेंग–५सी मिसाइल साङ्सी प्रान्तको तैयुआन स्पेस लन्च सेन्टरमा लन्च गरेको र पश्चिम चीनको रेगिस्तानमा गएर खसेको जनाएको छ। यो मिसाइल अन्तरमहादेशीय व्यालिस्टक मिसाईल डीएफ–५ को नयाँ संस्करण भएको जनाइएको छ, जुन सन् १९८० को दशकको सुरुवातमा आएको थियो।
पेन्टागनका प्रवक्ता गेरी रसले रक्षामन्त्रालयले चीनको सैन्य गतिविधिमाथि नियमित रुपमा नजर राखेको जनाएका छन्।
राजधानी दैनिकबाट ।







