फिलिपिन्सको माओवादी र दुतार्ते सरकारबीच पाँच महिना अघिदेखि चलेको युद्धविराम र शान्तिवार्ता भंग भएको घोषणा माओवादी र जनसेनाले एक विज्ञेप्तीमार्फत  गरेका छन् ।

फिलिपिन्स माओवादीका जनसेना

फिलिपिन्स कम्युनिस्ट पार्टी (पिसिपी) र फिलिपिन्सको दुतार्ते सरकारबीच गत अगस्तदेखि चलेको शान्ति वार्ता सफलताको दिशामा अघि बढेको भनेर वार्ता समितिद्वारा संयुक्त विज्ञप्ति जारी गरे पनि अन्ततः वार्ताले पार्टीलाई फाइदा नभएर फिलिपिन्स सरकारलाई नै फाइदा पुगेको कुरा  फिलिपिन्स कम्युनिस्ट पार्टी र जन सेनाले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

फेब्रवरी १, २०१७ मा फिलिपिन्स कम्युनिस्ट पार्टी र जन सेना (एनपिए) द्वारा जारी संयुक्त वक्तव्यमा वार्ताअघि भएका सहमति र समझदारी विपरीत फिलिपिन्स सरकारको षड्यन्त्रकारी र बदनियतपूर्ण गतिविधि  गरेका कारण एकतर्फी युद्धविराम लम्ब्याउनुको अर्थ नभएकाले जनयुद्धलाई अघि बढाउनुको विकल्प छैन भनिएको छ ।

पार्टी तथा सेनाको वक्तव्यले फिलिपिन्स कम्युनिस्ट पार्टी र दुतार्ते सरकारबीच भएको वार्ताले  पार्टीलाई होइन, सरकारलाई फाइदा पुग्ने छ र यस्ता वार्ता अन्त्यतः नेपालमा विगतमा भएको शान्तिवार्ताझैं आत्मसमर्पणमा टुङ्गिने छ भनेर युरोपेली माओवादीले भनेको थियाे । फिलिपिन्स कम्युनिस्ट पार्टीसित आधुनिक हतियारबद्ध दरिलो जन सेना भए पनि यसले आफूलाई अझै पनि रणनीतिक आक्रमणको स्थितिमा पुगेको घोषणा गरेको छैन ।

फिलिपिन्सको माओवादीद्धारा जारी विज्ञेप्तीमा यस्तो भनिएको छ  :

अगस्त २८, २०१६ मा फिलिपिन्स कम्युनिस्ट पार्टी केन्द्रीय समिति र नयाँ जनसेनाको न्यास्नल अपरेसन कमान्डद्वारा एकतर्फी रूपमा जारी युद्धविरामा अब अन्त्य भएको छ । न्यास्नल डेमोक्रेटिक फन्टका तर्फबाट  युद्धबिराम अन्त्यको आधिकारिक निर्णयको जानकारी  फिलिपिन्सको गणतान्त्रिक सरकार (र जिआरपी) लाई दिइनेछ । यो निर्णयअनुसार फेब्रवरी १० को राती ११.५९ बजे विधिवत रूपमा एकतर्फी युद्धबिरामको अन्त्य हुनेछ ।

१. फिलिपिन्सको गणतान्त्रिक सरकार मानवअधिकार तथा युद्धविराम तथा अन्तर्राष्ट्रि सन्धिसम्झौतासित सम्बद्ध  सर्वमान्य प्रावधानप्रति जिम्मेवार भएन, वार्ताअघि तय भएका सर्त र सहमतिहरू, राजबन्दीको रिहाइ गर्ने कुराप्रति जिम्मेवार भएन ।  ६० दिनभित्र राजबन्दी रिहाइ गर्ने सर्तमा युद्धबिराम घोषणा गरिएको थियो ।  ऊ आफैले २०० राजबन्दी रिहाइ गर्ने कुरामा प्रतिबद्धता जनाएको थियो । उसले यसो भनेकै कारण हामीले १५० दिन युद्धविरामा घोषणा गर्ने निर्णय गरेका थियौं ।

२. वार्ता चलिरहेकै बेला फिलिन्सि सरकारले आफ्नो सेनालाई माओवादी पोस्टहरूमा प्रवेश गराउने, जन सत्ता सञ्चालन भएका ठाउँमा प्रवेश गराई जनतामा आतंक उत्पन्न गरेर  युद्ध विरामको षडयन्त्रपूर्ण र बदनियतपूर्ण किसिमले फाइदा लियो  । समग्र १६४ नगरपालिका र ४३ प्रान्तमध्ये सरकारी सेनाले ५०० ओटा पोस्टहरूमा आफूलाई तैनाथ गरायो जुनचाहिँ क्रान्तिकारी जनसत्ता मातहत थियो ।

फिलिपिन्स माओवादीका कार्यकर्ताहरु सरकारी हर्कतका विरुद्ध सडकमा

वार्ता चलिरहेकै बेला  उनीहरूले व्यापक रूपमा मानवअधिकारको उल्लङ्घन गरे, जनताका घर खानतलासीदेखि जनसत्ताका कतिपय संरचनामाथि आक्रमण गरे, जनतालाई आतङ्कित पारे, उनीहरूको  ‘प्रति-विद्रोह’ नामको कारबाहीले जनताको दैनिक जीवन,  गतिविधि र पेशागत कुरामा समेत गम्भीर असर पर्यो  । पहिले उनीहरू पुग्न नसकेका ठाउँमा पनि पुग्न सफल भए । कतिपय ठाउँमा प्रतिकार र मुठभेडको अवस्था पनि आयो । वार्तालाई उनीहरूले समझदारी विकास गर्ने र समाधान गर्नेतिर भन्दा जनसत्ता स्थापित भएका ठाउामा आफनो पहुँच र प्रवेश विस्तार गर्ने अवसरका  रूपमा लिए । 

आजदेखि सबै जनसेनाका युनिटहरू, जनमिलिसिया,  सुरक्षा दल लगायत जनसरोकारसित सम्बद्ध जन एकाइहरू सबै सचेत र सतर्क रहन र जनता र क्रान्तिकारी शक्तिको रक्षाका लागि हरहमेसा तमतयार रहन पनि निर्देशन गरिन्छ । अनेक बहाना बनाएर, लागु औषधीका अपराधीहरू खोज्ने नाममा दुस्मनले जनतामाथि आक्रमण गर्न सक्छ ।

युद्धविरामको अन्त्यको घोषणासँगै सबै क्षेत्रका जनसेना सबै युनिटहरू, अन्य जनसुरक्षा युनिटहरू जनतासित  समन्वय गरेर प्रतिक्रियावादी सशस्त्र बलको विरुद्ध कार्यनितिक आक्रमणको तयारीमा रहन पनि पार्टी र जन सेनाका तर्फबाट निर्देशन गरिन्छ । दुतार्तेका सेना, पुलिस, गुन्डा दल, युद्ध सरदारहरूका निजी सेना लगायत दुतार्ते सरकारका सबै थरी सुरक्षा निकायविरुद्ध जनताको साथ लिएर अगाडि बढ्नुको अब विकल्प छैन ।

जनमेलबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार