इरानको नौ सेनाले अमेरिकालाई चुनौती दिँदै अभ्यासका क्रममा खाडीमा नस्र तथा देहलावियह नामक मिसाइल परीक्षण गरेको छ।

सोमबार स्थानीय समय अनुसार विहान इरानी सेनाले मिसाइल परीक्षण गरेको स्थानीय फारस समाचार एजेन्सीले जनाएको हो।

फारस समाचार एजेन्सीका अनुसार रक्षामन्त्री हुसैन देहगानले दक्षिणी जल क्षेत्रमा सेनाले युद्धअभ्यास वेलयात जाने क्रममा नयाँ क्रूज मिसाइल नस्रको परीक्षण गरेको बताएका छन्।

उनले भनेका छन् ‘ मिसाइल सफलतापूर्वक आफ्नो लक्ष्‍यमा पुग्‍नेछ। अमेरिकालाई यो हाम्रो चुनौती हो।’ यसका साथै तसनीम समाचार एजेन्सीका अनुसार लेजर-निर्देशित मिसाइल देहलावियहको पनि सफलतापूर्वक परीक्षण गरिएको छ।

परीक्षण गरिएको उक्त मिसाइलको मार क्षमता कति छ भन्‍नेबारे केही खुलाइएको छैन।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार