पिपुल्स युनिटी मुभमेन्ट, स्पेन-बास्क कन्ट्रीकी नेता नेकानेले युरोपियनहरुले बाहिर प्रजातन्त्रको हल्ला गरेपनि युरोपमा प्रजातन्त्र नै नभएको बताएकी छन् ।

नेपाल कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा भााइचाराको रुपमा उपस्थित भएकी नेकानेले बन्दसत्रका बोल्दै यस्तो बताएकी हुन् ।
बेलायत, फ्रान्स र स्पेनजस्ता देशहरु युरोपको प्रजातन्त्रको जननी भनिएपनि सारमा उनीहरुले प्रजातन्त्रको नाममा पुँजीवादी अधिनायकत्व लादेको नेकाने बताइन् ।
युरोपमा कम्युनिस्ट विचारधारा राख्ने पार्टीहरुलाई शासकहरुले बन्देज गर्ने, क्रान्तिकारी पार्टी निर्माणमा संलग्न नेताहरुको हत्या समेत गर्ने काम गरेर युरोपमा हत्यारा तानाशाही प्रजातन्त्र रहेको नेकानेको भनाई थियो ।
आज युरोप डरलाग्दो संकटबाट गुज्रेको नेकानेले बताइन् ।
नेकानेका अनुसार अहिले समग्र युरोपको गरिबी चरम रुपमा बढेको र प्रत्येक तीन मान्छेमा एक गरिबीको चपेटामा परेका छन् । यसले युरोप ठूलो परेको उनको भनाई थियो ।
युरोपका ठूला साम्राज्यवादी मुलुक फ्रान्स र स्पेनले आफ्नो मुलुक खाइदिएको भन्दै नेकानेले आफुहरुले एकैचोटी राष्टिय मुक्ति आन्दोलन र वर्गीय आन्दोलन लड्नु परेको बताइन् ।
बास्क कन्ट्री अहिले स्पेनको नर्थ सेन्ट्रलको एकापट्टी र फ्रान्सको दक्षिणी भागमा अवस्थित छ । यो मुलतः स्पेनको स्वायत्त मुलुकभित्र पर्दछ । बास्क कन्ट्रीका नागरिकहरु स्पेनबाट अलग हुन चाहिरहेका छन् ।
बास्क कन्ट्रीका नाममा उनीहरुले लामो समयदेखि मुक्ति आन्दोलन समेत चर्कारहेका छन् ।







