भारतमा माओवादी सेना र सरकारी सुरक्षा शक्तिबीच भएको दोहोरो भिडन्तमा दुई सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ ।

भारतको छत्तिसगढ राज्यको बिजापुर जिल्लामा भारतीय कम्युनिस्ट पार्टीका छापामार सेना र छत्तिसगढ राज्यको  सशस्त्र बल (सिएएफ) १० औँ बटालियनबीच आज मार्च ३ तारिखका दिन दिनको ३ बजेतिर भएको दोहोरो भिडन्तमा सरकारी बटालियनका दुई जवान  हेमन्तकुमार र दुब्बारामको मृत्यु भएको छ भने अन्य दुई जना सहदेव रजवाडे र मुड्डाराम  घाइते भएर मरणासन्न अवस्थामा रहेको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सो मुठभेड भाकपा (माओवादी) को राम्रो पकड भएको क्षेत्र चेरली गाउँको जङ्गलमा भएको थियो ।

भारत सरकारको सिएफएफ १० औँ बटालियनको फोर्स मिरतुर–गंगालुर राजमार्ग हुँदै गाउँतिरको गस्तीमा जङ्गलको बाटो भएर जाँदा सो घटना भएको थियो । घटनापछि तितरवितर भएको सरकारी सुरक्षाबललाई सहयोग गर्न थप शक्ति पठाइएको कुरा भारतीय सञ्चामाध्यमहरूले जनाएका छन् ।

स्मरणरहोस्, केही महिनाअघि त्यस गाउँमा नक्सलवादीलाई सहयोग गरेको भनेर २ जना गाउँलेको हत्या गरिएको थियो ।

जनमेलबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार