उत्तर कोरियाले जापानको सागर नजिक चार ब्लाष्टिक मिसाइल खसाएको छ । यसमध्ये तीन मिसाइल जापानको विशेष आर्थिक क्षेत्रमा गएर खसेको छ ।

जापानमा यो मिसाइल खसेपछि प्रधानमन्त्री शिंजो आबेले यसलाई नयाँ खतरा भनेका छन् ।दक्षिण कोरियाली सेनाका अनुसार यस अज्ञात मिसाइलको परीक्षण सोमबार उत्तर कोरियाले चीनतिरको सिमानाबाट गरिएको थियो ।

उत्तर कोरियाले गत महिना पनि एक नयाँ खालको ब्लाष्टिक मिसाइल परीक्षणको गरेको थियो । त्यस अनुसार उक्त परीक्षण देशको नेता किम जोंग उनको उपस्थितिमा गरिएको थियो ।

संयुक्त राष्ट्रले उत्तर कोरियाको मिसाइल वा परमाणु परीक्षणमाथि रोक लगाएको थियो । फरवरीमा गरिएको परीक्षणको संयुक्त राष्ट्रसंघ, अमेरिका, जापान र दक्षिण कोरियाले विरोध गरेको थियो ।

दक्षिण कोरियाली सेनाका एक अधिकारीले भनेअनुसार उत्तर कारियाले स्थानीय समय अनुसार सोमबार विहान ७.३६ मा यो परीक्षण गरेको थियो ।

उत्तर कोरिया पटक पटक भन्छ कि उसको अन्तरिक्ष कार्यक्रम शान्तिको लागि हो । तर ऊ अमेरिकामाथि हमला गर्नेमा सक्षम इन्टरकन्टिनेन्टल ब्लाष्टिक मिसाइल निर्माण गरिराखेको छ ।

यो पनि भनिन्छ कि ऊ मिसाइलमा प्रयोग हुन लायक परमाणु हतियार बनाइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार