उत्तर कोरियाले चार ओटा मिसाइल परमाणु परीक्षण गरेपछि कोरियाली प्रायद्धीपमा तनाव बढ्ने भन्दै संयुक्त राष्ट्रसंघले आपतकालीन बैठक वोलाएको छ ।

उत्तर कोरियाले समुन्द्रमा गरेको मिसाइल परीक्षणलाई तनाबको बहाना बनाउदै अमेरिकाले दक्षिण कोरियामा एन्टी व्यालेष्टिक मिसाइल सिष्टम (थाड) जडानको सुरुवात गरेको छ । अमेरिकाको यस कार्यले कोरियाली प्रायद्धीप झन तनावपूर्ण बन्दै छ । उत्तर र दक्षिण युद्धको मुडमा पुगेको भन्दै राष्ट्रसंघले बैठक आह्वान गरेको हो ।

चीनले एसियाली भूमिमा थाड जडान गर्ने अमेरिकी रवैयाले आफ्नो सुरक्षामाथि संकट पैदा भएको भन्दै थाड जडानमा गंभीर आपत्ति प्रकट गरेको छ । इराक, लिविया र सिरियामा भएका विश्व इतिहासका जघन्य अपराधमा समेत आवश्यकता अनुसारको तदनुरुपता र गंभीरता नदेखाएको संयुक्त राष्ट्रसंघले जापान र अमेरिकाको अनुरोधमा भन्दै राष्ट्रसंघले भोली नै आपतकालीन बैठक बाेलाएको हो ।

अमेरिकाले थाड जडान गर्दा एसियाली सुरक्षामा आउने चुनौतिवारे भने राष्ट्रसंघले मुख खोलेको छैन । अमेरिका र दक्षिण कोरियाले संयुक्त युद्ध अभ्यास गर्दै विगत लामो समयदेखि उत्तर कोरियालाई थप उत्तेजित बनाउने कार्य गर्दै आएका छन् ।

एसियाली भूमिमा दक्षिण कोरियालाई ढाल बनाएर अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्ने र जापानले मौनता साँध्ने लामो प्रकृयाबाट उत्तेजित उत्तर कोरियाले यस पटक चार ओटा मिसाइल परीक्षण गरेको थियो र ती सबै समुन्द्रमै परीक्षण गरिएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उत्तर कोरियालाई भड्कावपूर्ण कारवाहीबाट वच्न अनुरोध गरेका छन् ।

अमेरिकाले गर्ने सबै विध्वंशमा मौनता साँध्ने र अमेरिका विरोधीहरुले चर्को आवाज बाेले उनीहरुलाई चुनौति दिदै अमेरिकाको पक्षमा उभिने संयुक्त राष्ट्रसंघको इतिहास अजर, अमर र सर्वस्वीकार्य बनाइरहनुपर्छ भन्ने केही छैन ।

उत्तर कोरियालाई व्यालेष्टिक मिसाइल परीक्षणमा नियन्त्रण गरियोस र अमेरिकाले दक्षिण कोरियामा तैनाथ गरिरहेको थाड फिर्ता लिन लगाइयोस, राष्ट्रसंघले यो मध्यमार्गी भूमिका निर्वाह गर्न सक्नुपर्छ ।अमेरिकाले दक्षिण कोरियामा थाड जडान सुरु गरे लगत्तै चीनले पनि आफ्नो सैन्य क्षमताको विस्तार तथा सुरक्षामा पुनर्विचार गर्ने प्रतिक्रिया दिइसकेको छ ।

अमेरिकाले थाड जडानका लागि दक्षिण कोरियाको अनुरोध बताएको छ । संभवतः आगामी दिनहरुमा कोरियाली प्रायद्धीप अमेरिका र चीनको निशानाको कोपभाजनमा पर्न सक्ने अनुमान गर्न सकिन्छ ।

उता उत्तर कोरियाले भने आवश्यकता परे जापानमा राखिएको अमेरिकी सेनाको टु्रप्समाथि आक्रमणका लागि मिसाइल परिक्षणमा सेनाको सहभागी संख्या वढाउने तयारी गरेको बताएको छ ।

एशियन समाचारबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार