भारतमा सशस्त्र सुरक्षाकर्मी र भारतीय माओवादीका सेनाबीभ भएको दोहोरो भिडन्तमा १२ जना सशस्त्र फौजको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमबाट प्राप्त समाचारअनुसार भारतको छत्तीसगढ राज्यको सुकमा जिल्लाको भेजी भन्ने स्थानमा माओवादी एम्बुसमा परेर भारतीय सेन्ट्रल रिजर्व फोर्सको विशेष कमान्डो बटालियनका  इन्स्पेक्टर  जगतसिंह हित १२ जनाको घटनास्थलमै मृत्यु भएको छ र ५  जना मरणासन्न अवस्थामा छन् ।

प्राप्त समाचारअनुसार सरकारी फोर्स अवरुद्ध बाटो हटाउन त्यस क्षेत्रमा गएको बेला माओवादी छापामारहरूले एम्बुस र फायरिङ दुवैबाट एकैचोटि आक्रमण गरेपछि सो घटना भएको हो ।

माओवादी छापामारहरूले उच्च प्रविधिका सबै हतियारसहित वायरलेस रेडियोसेट पनि आफ्नो कब्जामा लिएका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

जनमेलबाट ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार