चीनले आफूलाई घेर्नका लागि अमेरिका र जापानको जालमा नफस्न भारतलाई चेतावनी दिएको छ । यदि यसो भयो भने भारतका लागि खतरा बढ्नेतर्फ पनि चीनले सचेत गराएको छ ।

चीनको सरकारी पत्रिका ‘ग्लोबल टाइम्स’ ले लेखेको छ, “हिन्द महासागरमा चीनलाई घेर्नका लागि वासिङ्गटन भारतको साथ चाहन्छ । यसैगरी प्रशान्त महासागरमा जापानले चीनलाई टक्कर दिइरहेको छ । यहाँ पनि जापानले भारतलाई आफ्नो पक्षमा पार्न खोजिरहेको छ ।”

ग्लोबल टाइम्समा अगाडि भनिएको छ, “भारतका लागि यो रणनीतिक मौका हुन सक्छ तर जापान-अमेरिकाको खेल कुनै जाल भन्दा कम छैन, जसमा भारत फस्न सक्छ । यदि त्यसो भयो भने भारत अमेरिका र जापानका लागि एक कठपुतली बन्न जानेछ । यसैकारण भारतले धेरै खतराको सामना गर्नुपर्ने छ।”

चीनले आफ्नो शक्ति बढाइरहेको भारतले यदि विदेशी फौजको भरमा पर्‍यो भने उसले दु:ख पाउने चेतावनी पनि दिएको छ । ‘एक देश भएका हिसाबले भारतले आफूलाई बलियो शक्तिकारुपमा मान्नु पर्छ । यदि भारत आफ्नो सुरक्षाका लागि बाहिरी फौजमा भर पर्‍यो भने उसका लागि यो अपमानजनक हुनेछ ।’

भारतको लागि विकासको सबैभन्दा राम्रो विधि उसले आफ्ना छिमेकी देशका लागि ढोका खुल्ला राख्नु रहेको चीनको भनाइ छ । ‘भारतका लागि विकासको सबैभन्दा राम्रो तरिका भनेको छिमेकी देशलाई ढोका खुल्ला गर्नु हो । साथै विकासको क्षेत्रीय कार्यक्रम ‘बेल्ट एन्ड रोड’ (सिल्क रोड) मा पनि सहभागी हुनु जरुरी छ ।’

ग्लोबल टाइम्सले अमेरिकी राष्ट्रपति डोनाल्डो ट्रम्पले दक्षिण र पूर्वी एसियाका लागि अझै पनि आफ्नो प्रष्ट धारणा तय नगरिसकेको पनि उल्लेख गरेको छ। ‘एसिया-प्रशान्तमा सुरक्षाका हिसावले एक अनिश्चितता छ । अमेरिका यस क्षेत्रमा सैन्य उपस्थिति बढाउने योजनामा छ । तर पनि डोनाल्ड ट्रम्पले यस क्षेत्रलाई लिएर आफ्नो रणनीति प्रष्ट गरिसकेको अवस्था छैन ।’

यी सबैका बाबजुत चीनले आफू नरोकिने प्रष्ट पारेको छ। ‘यी सबै दबाबका बाबजुत चीनको यात्रा रोकिने छैन’, चीनले भनेको छ, ‘भारत र चीन मिलेर एसिया-प्रशान्तको सुरक्षामा अहम भूमिका निर्वाह गर्न सक्छन् ।”

ग्लोबल टाइम्सले सुषमा स्वराज र अमेरिकी विदेश मन्त्री र्‍याक्स टिलरसनको फोनमार्फत भएको कुराकानीको हवाला दिँदै जसमा दुबै नेताबीच सुरक्षा र रक्षा सहयोग लेनदेनबारे चर्चा भएको जनाएको छ ।

ग्लोबल टाइम्सका अनुसार भारतले चीनलाई लिएर सबैभन्दा चिन्ता जनाउँदै आएको छ । यसको कारण भनेको चीन लगातार अघि बढिरहेको छ । चीनले रेलवे, पोर्ट्स र हाइड्रोइलेक्ट्रिक परियोजनामा ठुलो प्रगति गरिरहेको छ ।

ग्लोबल टाइम्सले अगाडि लेखेको छ, ‘आपसी विश्वास बढाउनका लागि भारत र चीनलाई एक अर्कालाई जान्न मात्रै जरुरी छैन, न कि दुई मुलुक एकअर्काको बारेमा के सोच्छन् भन्ने पनि महत्पूर्ण रहेको छ। जब एक देश एउटा देश आफ्नो विकासलाई लिएर धेरै विश्वस्त छ भने उसँग छिमेकीले जोडिन पनि मौका आइरन्छ ।’

चीन यस बेला हिन्द महासागरमा कयौँ परियोजनामा काम गरिरहेको छ। यसले न केवल आर्थिक विकास मात्रै हुने छैन, आपसी फाइदा पनि बढाउने छ । ‘यदि भारतले जापान-अमेरिकालाई छाडेर आफ्नो रवैयामा परिवर्तन ल्याउँछ भने उसका लागि खतरा भन्दा धेरै अवसरका ढोका खुल्नेछन्’, चीनले भनेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार