फिलिपिन्समा चलिरहेको माओवादी र सरकारबीचको शान्तिवार्तामा राज्यपक्षको सेनाले गरेको लगातार शान्तिविरोधी हिंशाको प्रतिरोध गर्न आफुहरु तयार रहेको कुरा न्यु पिपुल्स आर्मीले चेतावनी दिएको छ ।

१२ बुँदे संयुक्त शान्तिवार्ताका दस्तावेजमाथि आफुहरु फिलिपिन्स कम्युनिस्ट पार्टीको केन्द्रीय नीतिअनुसार धैर्य भएको भन्दै पिपुल्स आर्मीले अब धेरै सहन नसकिने बताएको छ ।
गत मार्च ९ मा फिलिपिन्स राष्टपति डुर्टेटको दुवै पक्षबीच भइरहेको असमझदारी हटाउने भन्ने भनाईअनुरुप आफुहरु धैय र संयमित भएको तर सरकारी सेनाले गरेको ज्यादतीले अब धैर्यको सीमा टुटेको न्यु पिपुल्स आर्मीले जनाएको छ ।
गत शनिबार मात्र सरकारी सेनाले संचालन गरेको हवाई बम आक्रमणबाट ७५ परिवार रहेको गाउँलेहरु आफ्ना गाउँ छोड्न बाध्य भएको पिपुल्स आर्मीले बताएको छ । त्यसपछिका दुई दिनभित्र सरकारी सेनाले संचालन गरेको अर्को हवाई बम आक्रमणबाट ३ हजार परिवार आफ्नो गाउँ छोड्न बाध्य छन् ।
फेब्रुअरीदेखि सरकारी सेनाले किसान समुदायमाथि संचालन गरेको हवाई बम आक्रमणमा सयौं बस्तीहरु आफ्नो थातथलो छोड्न बाध्य भएका छन् । गत केही हप्तामा सात राज्यभित्र पर्ने क्षेत्रमा १५ जना किसानको सरकारी सेनाको हवाई बम आक्रमणबाट मृत्यु भएको थियो ।
यसरी फिलिपिन्स सरकारले शान्तिवार्ताका क्रममा गरेको वार्ताविरोधी हिंशात्मक गतिविधिले अब आफुहरु चुप लागेर बस्न नसकिने फिलिपिन्स माओवादी सेना न्यु पिपुल्स आर्मीले चेतावनी दिएको छ ।







