उत्तर कोरियामा एक वर्षभित्र अत्याधुनिक सुविधासहितको शहर निर्माण भएको छ । जहाँ निकै ठूल्ठूला अपार्टपेन्टसहितका भवनहरु निर्माण भएका छन् । जुन शहरलाई रोमयोन शहर भनेर चिन्ने गरिन्छ ।

जसलार्इ उत्तर कोरियाका नेता किम जोङ उनले निरीक्षण गरेका छन् । हालै निर्माण भएको ‘रोमयोङ अर्थात् उत्तर कोरियाको सूर्य’ नामक शहर हो  ।

हालसालै केही दिनअघि उनले नयाँ शहर रोमयोङसहित त्यहाँस्थित भवन र बाटाहरुको समेत निरीक्षण गरेका छन् । कोरियन सेन्ट्ल न्युज एजेन्सीका अनुसार उनले निकै खुशी र उमंगका साथ नवनिर्मित शहर र भवनलाई भ्रमण गरे ।

उनी यति खुशी भए कि बिहानको चम्किलो शहर र त्यसैमाथि उनको चम्किलो अनुहारले उत्तर कोरियाको सूर्य शहर राेमयाेङ साच्चिकै सूर्यजस्तै देखिन्थ्यो । आफ्ना सहकर्मीसहित उन रोमयोङ शहर निरीक्षणमा गएका हुन् ।

उनले नयाँ शहरका सबै ठाउँ, सडक अनि निर्माण भएको शहरका सबै भागलाई निकै गंभीरतापूर्वक निरीक्षण गरे । जहाँ ८० मंजिलको अपार्टमेन्ट, जसको उचाइँ २७० मिटर अग्लो रहेको छ । साथै वैज्ञानिक एंव प्राविधिक कक्षहरुको सुक्ष्म ढंगले निरीक्षण समेत उनले गरे ।

सन् २०१६ को मार्चमा शुरु गरिएको यो शहर राजधानी प्योनयाननजिक पर्दछ । यहाँ ४० वटा कन्डोमिनियस् अपार्टमेन्ट, ३३ पुन मर्मत गर्न सकिने कन्डोमिनियमस् अपार्टमेन्ट र ३४ सार्वजनिक सुविधासम्पन्न सम्मिलित ६ स्कुल, जहाँ ६ नर्सरी स्कुल जोडिएका छन् । साथै ७ नयाँ भवन बनाइएका छन्, जो किम इन सुन युनिभर्सिटीका लागि । र, १५ वाणिज्य भवनहरु निर्माण भएका छन् ।

यसको लागत १ दशमलव ७ विलियनमा निर्माण गरिएको समाचार एजेन्सीले बताएका छन् । यसको  क्षेत्रफल १ लाख १५ हजार मिटर रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार