उत्तर कोरियाका नेता एवं कोरियाली जनसेनाका सर्वोच्च कमाण्डर किम इन सुनले अमेरिकालाई वास्तविक युद्धको रुप देखाइदिने चेतावनी दिएका छन् ।

अमेरिकाले दक्षिण कोरियामा थाड नामक शक्तिशाली हतियार जडान गरेर चीन र आफुहरुलाई धम्की दिन गरेको चुनौतीलाई आफुहरुले सजिलै अमेरिकालाई धुलो चटाउन सकिने नेता उनले बताएका छन् ।

अमेरिकाले खास युद्धको अनुभव हासिल नगरेको र वास्तविक युद्ध कस्तो हुन्छ भन्ने कुरा उत्तर कोरियाले मात्र देखाइदिने उनको भनाई छ । इराकमा सद्दाम हुसेनलाई गरेको नक्कल आफुहरुसँग गरे त्यसको प्रतिफल अमेरिकालाई मंहगो हुने उनको दाबी छ ।

‘आजसम्म अमेरिकाले सामान्य चराहरुसँग मात्र युद्ध लडेको छ । अमेरिकी साम्राज्यवादलाई खास युद्ध कस्तो हुन्छ त्यसको अनुभव छैन ।’ उनले अमेरिकालाई जबाफ दिदै भनेका छन्- ‘खास युद्ध त हामी देखाइदिन्छौं ।’

दक्षिण कोरियामा थाडको जडान गरेर अमेरिकाले गरेको युद्ध सरदार नीतिको प्रतिवाद गर्दै कोरियन पिपुल्स आर्मीका प्रवक्ता भनेका छन्- ‘युद्ध सरदार दक्षिणको कठपुतली सेना र अमेरिकी साम्राज्यवादले संयुक्त अभ्यास गरेको छ । त्यसले अहिलेसम्मकै ठूलो युद्ध निम्त्याउने संभावना छ ।’

उनले भनेका छन्, ‘हामी के स्पष्ट गर्न चाहन्छौँ भने क्रान्तिकारी सेना सधैँ शान्ति चाहन्छ र सधैँ अलर्ट अवस्थामा छ । अन्यथा कोरियाली जनमुक्ति सेनाले न्युक्लियर युद्धको जबाफ न्युक्लियर रकेटले निस्तेज पार्नेछ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार