नेपालका लागि उत्तर कोरियाली दुतावासका कन्सुलर किम सु होले आफ्नो देश ७० वर्षदेखि अमेरिकासँग प्रत्यक्ष र अप्रत्यक्ष युद्धमा रहेको बताएका छन् ।

नेपाल -कोरिया समाजवाद अनुसन्धान केन्द्रले शुक्रबार काठमाडाैंमा आयोजना गरेको ‘कोरियाली समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा किमले ७० वर्षदेखि युद्धमा रहेकै कारणले कोरियाको नेतृत्वमा आफ्नै विरासत रहेको बताए ।

अमेरिकाले कोरियाली समाजवाद समाप्त पार्न ठूलो षडयन्त्र गरिरहेकोले कोरियाली समाजवादको नेतृत्व अलि बढी संवेदनशील र गंभीर रहेको कन्सुलर किमले बताए ।

‘हामो देशमा अलि अलग प्रकारको विरासत र नेतृत्व छ’ अन्तरक्रिया कार्यक्रममा किमले भने- ‘यही नेतृत्व र समाजवादले मात्र कोरियाालाई बचाउन र अमेरिकालाई जित्न सक्छ ।’

कोरियाली नेतृत्व आम जनता र कार्यकर्ताको सहमतिबाट चुनिने समेत किमले बताए । उत्तर कोरियामा हाल गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी समाजवादी सत्ताले गरेको किमको भनाई थियो ।

कोरियामा महिलाको समस्या कस्तो छ ? भन्ने अनुसन्धान केन्द्रका सदस्यको प्रश्नमा किमले यस्तो समस्या ६० वर्षअघि उत्तर कोरियामा हल भइसकेको बताए ।

सो अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अन्तराष्ट्रिय व्युरो इन्चार्ज धमेन्द्र बास्तोलाले उत्तर कोरियाले आफ्नै विशेषताको समाजवादको अभ्यासबाट विश्वलाई नयाँ सन्देश दिएको बताए ।

अनुसन्धान केन्द्रकी उपाध्यक्ष निभा शाहको अध्यक्षतामा संचालन भएको सो अन्तरक्रिया कार्यक्रममा अनुसन्धान केन्द्रका महासचिव सुदर्शन मंगोलले ‘काेरियाली समाजवाद’बारे संक्षिप्त अाधारपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अनुसन्धान केन्द््रमा रहेका सदस्यहरुले कोरियाली समाजवाबादबारे विभिन्न प्रश्न र जिज्ञासा राखेका थिए र त्यसको जबाफ कोरियाली कन्सुलर किम शो होले राखेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार