यही मार्च ११ का दिन भारतीय माओवादीका जनसेनाहरुले भारतको छत्तिसगढको सुक्मा कार्वाहीमा १२ सरकारी सुरक्षाकर्मीको मृत्युभएसँगै दर्जनौ अत्याधुनिक हतियार कब्जा भएको थियो ।

भारतीय माओवादीले ती कब्जा भएका हतियारलाई हालै एक विज्ञेप्ती जारी गरेर सार्वजनिक गरेको छ । कब्जा गरिएका हतियारहरुमा ४ ओटा एके–४७, ६ ओटा इन्सास, एउटा लाइट मेसिन गन (एलएमजी) एउटा ग्रिनेड लन्चर (यूबीजीएल) , दुइटा वायरलेस सेटर ११३० भन्दा बढी बुलेट कार्तुसहरू रहेका छन् ।
माओवादी पार्टीको ‘दक्षिण बस्तर डिभिजन कमिटी’ द्वारा जारी गरिएको वक्तव्यमा सो घटना सफल तुल्याउन भूमिका खेल्ने पिपुल्स लिबरेसन गुरिल्ला आर्मी (पिएलजिए) का छापानमार योद्धाहरूको उच्च प्रंशसा गरिएको छ ।
साथै वक्तव्यमा गाउँमा गएर आदिवासी जनतालाई माओवादी भन्दै बलात्कार र हत्या गरिएको घटनाको पनि निन्दा गर्दै त्यसो नगर्न चेतावनी दिइएको छ ।







