फिलिपिन्समा माओवादी सेनाका जवान र सरकारी पक्षको सामुद्रिक सेनाबीचको भिडन्तमा ७ सामुद्रिक सेनाको मृत्यु भएको छ भने धेरै संख्यामा घाइते भएका छन् ।

सरकारी पक्षको दोस्रो सामुद्रिक बटालियनका सेनाहरुले शान्तिवार्ताका क्रममा गरेको शान्तिविरोधी हर्कतका विरुद्ध माओवादी सेनाहरुले मार्च २१ मा आक्रमक कार्वाही गरेपछि ती सरकारी सेनाको मृत्यु भएको हो ।

शान्तिवार्ता चलिरहेको बेला सरकारी सेनाका फौजहरुले अनावश्यक अपरेशन संचालन गर्ने, जनतालाई दुख दिनेजस्ता काम संचालन गरेको भन्दै माओवादी सेना न्यु पिपुल्स आर्मीले जबाफी कार्वाही गर्दा ती सामुद्रिक सेनाको मृत्यु भएको हो ।

न्यु पिपुल्स आर्मीको साउथ मिनडानोको भ्यालेटीन पालामिन रिजनल अपरेशन कमाण्डका प्रवक्ता का डेनसिओ माडरिगलले प्रेस विज्ञेप्ती जारी गर्दै यस्तो बताएका छन् ।

स्मरणरहोस् फिलिपिन्समा सरकार र माओवादी पार्टीबीच शान्तिवार्ता चलिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार