युद्धविराम र शान्तिवार्तामा रहेका फिलिपिन्सका माओवादीहरुले राज्यले गरेको शान्तिविरोधी हर्कतका कारण अब एक हप्तापछि आफुहरु सम्पूर्ण रुपले वार्ताबाट फर्कने घोषणा गरेका छन् ।

आज शनिबार फिलिपिन्स कम्युनिस्ट पार्टीले लामो विज्ञेप्ती जारी गरेर अन्तरिम युद्धविराम आफ्नो तर्फबाट एकपक्षीय रुपमा एक हप्तापछि भंग गर्ने चेतावनी दिएको छ ।
अप्रिल २ देखि हालसम्म नेदरल्याण्डमा चलेको राज्य र माओवादी पक्षबीचको युद्धविराम र वार्ता निकै जटिल मोडबाट गुज्रिरहेको छ ।
फिलिपिन्सका राष्टपति दुर्तेत सरकारका सेनाहरुले अहिलेपनि आक्रमक ढंगले ग्रामीण वस्तीमा सैन्य अपरेशन र हवाई बम आक्रम र शेलिन क्याम्पेन चलाइरहेकोले अब एक हप्तापछि युद्धविराम नरहने फिलिपिन्स माओवादीले पनि वार्तामा बसिरहनुको कुनै अर्थ रहेको बताएको छ ।
साथै मार्च ११ मा राज्य र माओवादीबीच भएको संयुक्त वक्तव्यमा राज्यले १९ पूराना र बिरामी राजबन्दी रिहा गर्ने प्रतिबद्धता व्यक्त गरेकोमा ती बन्दीहरु रिहा गर्नुको साटो झन् हालै अरु थप गिरफ्तार गरेर राज्यले थप वातावरण बिगारेको माओवादीको भनाई रहेको छ ।
राज्य र माओवादीबीच चलेको शान्तिवार्तामा दुवै पक्षले सामाजिक आर्थिक सुधारका लागि विस्तृत सम्झौतालाई कार्यान्वयन गरेर जाने ठूला सम्झौताहरु ज्युँका त्युँ बाँकी रहेको बेला राज्य पक्षका सेनाहरुले गरेको शान्तिविरोधी हर्कतले फिलिपिन्सको शान्तिवार्ता निकै कठिन मोडमा पुगेको छ ।







