विश्व महाशक्ति मानिँदै आएको अमेरिकालार्इ इरानले प्रतिबन्ध लगाएको छ ।

इरानी राष्ट्रपति हासन रोहानी

खासगरी इरानमा रहेका १५ अमेरिकी  कम्पनीमाथि इरानले प्रतिबन्ध लगाइदिएको छ। ती अमेरिकी कम्पनीमाथि आतंकवादको समर्थन गरेको आरोपमा इरानले प्रतिबन्ध लगाएको हो ।

त्यसैगरी दमन र प्यालेस्टाइनको जमिनमा इजरायली कब्जाको समर्थन गरेकोसहितका आरोप लगाउँदै इरानले आफ्नो देशमा रहेका १५ अमेरिकन कम्पनीमाथि आइतवारबाट प्रतिबन्ध लगाएको हो ।

कम्पनीहरुको यो सूचीमा एक अमेरिकी रियल इस्टेट कम्पनीदेखि लिएर एक प्रमुख हतियार निर्माता कम्पनी पनि सामेल छन् । अमेरिकाले भने यो प्रतिबन्धलाई देखावटी मात्रै भएको दाबी गरेको छ । इरानले प्रतिबन्धमा परेका सबै कम्पनीको नाम नखुलाएकाले यसलाई प्रतीकात्मकको सङ्ज्ञा दिइएको छ । अमेरिकाका कयौँ कम्पनीको व्यापार इरानमा रहेको छ ।

इरानको सरकारी संवाद समितिले विदेश मन्त्रालयको तर्फबाट जारी गरेको एक विज्ञप्तीमा यो प्रतिबन्धले इरानी कम्पनीहरुसँग कुनै सम्झौता गर्नबाट रोक्नेछ । यो प्रतिबन्धपछि इरानले अमेरिकी कम्पनीका लागि भिसा पनि जारी नगर्ने भएको छ । यस सूचीमा सामेल कम्पनीहरुले भने अहिलेसम्म केही बोलेका छैनन् ।

यी कम्पनीहरुमा आइटीटी कोर्प, मिसाइल निर्माता रेथियोन को र युनाइटेड टेक्नोलोजी कोर्प र  डेन्भर्स रिम्याक्स होल्डिङ्ग्स इन्क रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार