फिलिपिन्समा शान्तिवार्तामा रहेका विद्रोही माओवादी र राज्य पक्षबीच हिजोआज दिनहुँ भिडन्त भइरहेका छन् ।

युद्धविरामको नियमलाई उंल्लघन गरेर राज्यपक्षका सेनाहरुले सर्वसाधारण र माओवादी कार्यकर्तामाथि धरपकड र दमनको चक्र चलाएपछि माओवादीहरुले प्रतिरोध गर्नु परेको बताइएको छ ।

यही क्रममा हालै मार्च २३ को मध्यान्नका दिन माओवादी सेनाहरुले थापेको एम्बुसमा परेर पाँच राज्य पक्षका सेनाहरुको मृत्यु भएको छ भने आधुनिक हतियारहरु पनि कब्जा भएको छ ।

यसैगरी मार्च २३ कै बिहान माओवादी र सरकारी सेनाबीच भएको अर्को भिडन्तमा दुई राज्य पक्षको सेनाहरुको निधन भएको छ भने अरु कयौं घाइते भएका छन् ।

यहीबीचमा सरकारी सेनाले फिलिपिन्सको दक्षिण क्षेत्रमा हवाई र स्थलबाट ठूलो मात्रामा बमवार्ड गरेको माओवादीले बताएको छ ।

यसका बाबजुद पनि आफुहरु शान्तिवार्ताप्रति प्रतिबद्ध रहेको फिलिपिन्सका माओवादीहरुले बताएका छन् ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार