रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले १ लाख ४२ हजार थप सेना भर्ती गर्ने मस्यौदामा हस्ताक्षर गरेका छन् ।

रसिया न्युज एजेन्सी टासले जनाएअनुसार बिहीबार अफिसियल सूचना पोर्टललाई दिएको आधिकारिक जानकारीअनुसार राष्ट्रपति पुटिनले रुसको सशस्त्र सेनामा थप गर्ने नीतिमा हस्ताक्षर गरेका हुन् ।

सन् २०१६ को अक्टोबर डिसेम्बरमा राष्ट्रपति पुटिनले १ लाख ५२ हजार रुसी सेनामा भर्ति गरिएका थिए । जो १८ देखि २७ वर्षका उमेरका थिए ।

गत वर्षको अक्टोबरमा १ लाख ५५ हजार रुसीहरुलाई सेनाको जिम्मेबारी दिइएको थियो । त्यसैगरी सन् २०१५ को अक्टोबरमा १ लाख ४७ हजार रसियनहरु भर्ति भएका थिए ।

रुसले पछिल्लो समयमा सैन्य क्षेत्रमा गरेको विकास र उच्च प्रविधियुक्त अत्याधुनिक हतियार विकासका कारण अमेरिका र सिंगो पश्चिमाहरु हायलकायल भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार