अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पैसावाल मान्छेहरु ह्वाइट हाउसमा जम्मा गरेको भन्दै अमेरिकामा व्यापक आलोचना भएको छ ।

ट्रम्पले ह्वाइट हाउसमा आफ्ना नातेदार र पैसावालहरु जम्मा गरेर धनीहरुको जमघट बनाउन थालेको भन्दै अमेरिकाबाट ठूल्ठूला मिडिया हाउसहरुले समेत आलोचना गरेका छन् ।

‘ट्रम्पको पछाडि पैसा’ भन्ने ब्यानर शीर्षक दिएर टाइम म्यागेजिनको अनलाइन संस्करणले राष्ट्रपति ट्रम्पको आलोचना गरेर लेखेको छ । उसले ट्रम्पको छोरी ज्वाइँको सम्पति मात्र २४० मिलियन डलर रहेको खुलासा समेत गरेको छ ।

राष्ट्रपति ट्रम्पका ज्वाइँ जरेड कुशनर र छोरी इभान्का ट्रम्पको सम्पति यतिधेरै भएको खुलासा गरेको छ । टाइमले शुक्रबार खुलासा गरेअनुसार राष्ट्रपतिको ज्वाइँ छोरीको अमेरिकामा २६० व्यापारिक संस्थानहरु भएको र त्यसमध्ये ५८ विजनेस लगानी संस्थाहरु बिक्रि गरेको बताएको छ ।

ह्वाइट हाउसमा रहेका ट्रम्पका प्रमुख रणनीतिकार स्टेभ बन्नोनको अर्को खुलासा भएको छ । उनीसँग ५६ मिलियन सम्पति रहेको बुझिएको छ । उनीसँग प्रभावशाली राजनीतिक कन्सलटेन्सी रहेको, त्यसबाट उनीसँग २५ मिलियन सम्पति रहेको पनि टाइमले खुलासा गरेको छ ।

टाइमले यी सबै कुरा ह्वाइट  हाउसबारे प्राप्त गोप्य दस्तावेजमा आधारित रहेर लेखेको हो ।

ट्रम्पले ‘ग्रेट अमेरिका’ भनेर जे नारा लगाएपनि त्यसका पछाडि अमेरिकाका धनीहरुलाई संरक्षण गर्न धनीहरुको जमघट गराएको भनी विरोधीहरुले आलोचना गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार